१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १५:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अनलाइनमार्फत सट्टेबाजी गराउने तीन भारतीय पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:५o:oo

प्रहरीले काठमाडौंको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट एक करोडभन्दा बढी विदेशी मुद्रासहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारतीय नागरिक गुलाब सिंह, रिसब पावा तथा गौरव चोपडा रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए। 

उनले भने, ‘क्यासिनो प्यालेसको अन्डरग्राउन्डमा अनलाइनमार्फत सट्टेबाजी गराएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट रु. एक करोड एक लाख २६ हजारबराबरको विदेशी मुद्रा बरामद गरिएको छ।’ 

उनीहरूका बारेमा थप अनुसन्धान भइरहेको पनि उनले जानकारी दिए। रासस

ad
ad