सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टोखास्थित विनायक अस्पताल तथा प्रसूतिगृह प्रालिबीच विशेष छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्यवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले विनायक अस्पताल तथा प्रसूतिगृहका सेवाहरूमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।