१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० माघ १९ शुक्रबार १०:०७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

११ वर्षमा १२ सयको मिर्गौला प्रत्यारोपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० माघ १९ शुक्रबार १०:०७:००

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हालसम्म १२ सयजनाको मिर्गौला प्रत्यारोपण गरेको छ । नेपालमा ११ वर्षदेखि मिर्गौला प्रत्यारोपणको सेवा दिइरहेको केन्द्रले मिर्गौला र कलेजो प्रत्यारोपणको दर बढाउँदै लगेको हो । नेपालमा बर्सेनि तीन हजार जनाको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भए पनि न्यून संख्यामा मात्रै प्रत्यारोपण भइरहेको छ । 

केन्द्रले मात्रै ७० देखि ८० प्रतिशत बिरामीको मिर्गौला प्रत्यारोपण गरिरहेको छ । यसबाहेक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट समेत मिर्गौला प्रत्यारोपण सुरु भएको छ । विभिन्न प्रदेश अस्पतालसँग समेत समन्वय गरेर मिर्गौला प्रत्यारोपण हुन थालेपछि मिर्गौलापीडितले समयमै उपचार पाउने दरसमेत बढेको छ ।

हाल मिर्गौला प्रत्यारोपणका लागि नेपालका विभिन्न अस्पतालमा रहेका चिकित्सकलाई प्रशिक्षण दिइरहेका डा. पुकारचन्द्र श्रेष्ठ भन्छन्, ‘मिर्गौलासँगै कलेजो प्रत्यारोपणको संख्या पनि बढेको छ । पछिल्ला केही वर्षमा मात्रै अंग प्रत्यारोपण केन्द्रमा १८ जनामा कलेजो प्रत्यारोपण गरेका छौँ । आगामी साता दुईजनामा प्रत्यारोपणको तयारी भइरहेको छ ।’ काठमाडौंका ठूला सरकारी अस्पताल र प्रदेश अस्पतालले समेत सेवा दिन सुरु गरेकाले अंग फेल भएकाको उपचार सहज बन्दै गउको उनको भनाइ छ ।