१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
दीपक बोहरा तुलसीपुर
२o८१ बैशाख २१ शुक्रबार ११:१८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तुलसीपुरमा मेयर र प्रवक्ताबीच विवादपछि रोकियो कार्यपालिका बैठक  

Read Time : > 1 मिनेट
दीपक बोहरा, तुलसीपुर
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:१८:oo

तुलसीपुर उपमहानगरपालिकामा कुनै समय मेयर–उपमेयरको विवादले चर्चा पाउँथ्यो । मेयर–उपमेयर सार्वजनिक कार्यक्रममै एक–अर्काप्रति खनिन्थे । अहिले मेयर–उपमेरबीचको सम्बन्ध सुधार भए पनि मेयर र वडाध्यक्षहरूबीच खटपट सुरु भएको छ । राजस्व संकलनका विषयलाई लिएर मेयर टीकाराम खड्का र प्रवक्ता तथा वडा नम्बर १८ का वडाध्यक्ष माधव वलीबीच चर्काचर्की नै भयो । 

उनीहरूबीचको विवादले सोमबार तोकिएको कार्यपालिका बैठक नै स्थगित भयो । आइतबार कार्यपालिकाका लागि तयारी बैठक भएको थियो । त्यो बैठक कुनै निष्कर्षमा पुग्न नसक्दा  बैठकसमेत रोकिएको तुलसीपुर– ९ का वडाध्यक्ष घनश्याम ढकालले बताए । 

तयारी बैठकमा राजूव संकलनका विषयमा छलफल गर्न खोजिएको थियो । तुलसीपुरको अटो भिलेज, सिमेन्ट उद्योग, बसपार्कस्थित पेट्रोल पम्प, मासुमण्डी, कोसेली घरलगायतबाट राजस्व संकलन हुन नसकेको सन्दर्भमा आर्थिक विकास समितिका संयोजकसमेत रहेका वलीको विषयमा प्रश्न उठेपछि विवाद भएको हो । अटो भिलेजको भाडा एक हजार मात्रै छ, त्यसलाई बढाउनुपर्ने सोही बैठकमा आवाज उठेको थियो । संयोजक वलीले पेट्रोल पम्पको कोरोनाको समयको भाडा छुट दिनुपर्ने, सिमेन्ट उद्योगबाट उठ्नुपर्ने दुई करोड ८० लाखबाट पाँच लाख मात्रै लिएर बाँकी छुट दिनुपर्ने सुझाव दिएपछि त्यसमा मेयर खड्काले असहमति जनाएका थिए । 

त्यस्तै, मासुमण्डी, आलुमण्डीको भाडा उठाउने कुरामा पनि ध्यान नदिइएको पाइएपछि यसमा असहमति भएको थियो । लामो कसरतपछि कोसेली घरबाट २५ हजार मात्रै भाडा उठेको भए पनि त्यहाँ तीनवटा सटर भएकाले त्यसबाट उठ्ने २५ हजार न्यून रहेकाले त्यसलाई बढाउनुपर्ने विषयमा छलफल भएको थियो ।

यी विषयमा विवाद भएपछि कार्यपालिका बैठक नै अनिश्चित छ । प्रवक्ता वलीसहित केही वडाध्यक्ष तथा कार्यपालिका सदस्यले कार्यपालिका बैठक नै बहिष्कार गर्ने तयारी गरेको एक कार्यपालिका सदस्यले बताए । रोकिएको कार्यपालिका बैठकलाई सञ्चलन गर्न एमालेले कसरत गरेको छ ।

मंगलबार नगरको एमाले संसदीय दलको बैठक बसेको थियो । एमालेबाट निर्वाचित तुलसीपुर– १३ का अध्यक्ष मोहन पौडेलका अनुसार बैठक भएपछि पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिलाई हेर्ने दृष्टिकोण समान बनाउनुपर्ने निष्कर्ष निस्किएको हो । साथै, पालिकाका हरेक बैठकमा पार्टीको साझा धारणा बनाउनुपर्ने विषयमा छलफल भएको हो । अहिले केही कार्यपालिका सदस्य जिम्मेवारविहीन छन् भने केही कार्यपालिका सदस्यले तीनवटासम्म जिम्मेवारी पाएका छन् ।

ad
ad