१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १९:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आहा ! रारा पोखरा गोल्डकप : चर्च ब्वाइज अन्तिम चारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:o७:oo

नेपाल प्रहरीको विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड एफसी पोखरामा जारी २३औँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

चर्च ब्वाइजको जितमा खेलको ७२औँ मिनेटमा समीर तामाङले गरेको एक मात्र गोल निणार्यक बन्यो। मंगलबार सम्पन्न अन्तिम क्वार्टरफाइनलको खेलमा १–० गोल अन्तरले विजयी भएको चर्च ब्वाइजले फाइनल प्रवेशका लागि १८ गते हुने सेमिफाइनलको खेलमा अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग भिड्नेछ।

यसअघि विभागीय डर्बीमा सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिसले अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गरेको थियो भने चर्च ब्वाइजले बाई पाएको थियो। गत संस्करणमा समेत पुलिस चर्च ब्वाइजसँग प्रि–क्वार्टरफाइनलमा पराजित भएको थियो। आजको हारसँगै पुलिस गत वर्षको हारको बदला लिनबाट समेत चुकेको छ।
मंगलबारको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगोसमेत लागेको छ। चर्च ब्वाइजसँगै थ्री स्टार, आर्मी र जावलाखेलले अन्तिम चारमा आफ्नो स्थान बनाएका छन्। बुधबार हुने पहिलो सेमिफाइनलको खेलमा थ्री स्टार र जावलाखेलले प्रतिस्पर्धा गर्नेछन्।

पहिलो हाफ गोलरहित बारबरीमा सकिएको खेलको दोस्रो हाफमा तामाङले गरेको एक मात्र गोल निर्णयक बनेको थियो। विपक्षी टोलीका किपर शत्रुघन चौधरी बल समात्न अघि बढेको अवस्थामा तमाङले आफूसँगै रहेका पुलिसका दीपेन्द्र विकलाई पछि पार्दै बललाई जाली चुमाउन सफल भएका थिए। पुलिसका खेलाडी विकको बल रोकपछि र चौधरी बल समात्न अघि बढिरहेको अवस्थामा उनीहरूलाई छल्दै तामाङले बललाई पोस्टको सही दिशा दिए।

ad
ad