Skip This
सुदूरपश्चिमलाई हराउँदै एपिएफ विजयी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १६ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o माघ १६ मंगलबार १३:४o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सुदूरपश्चिमलाई हराउँदै एपिएफ विजयी

प्रधानमन्त्री कप क्रिकेट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o माघ १६ मंगलबार १३:४o:oo

राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको छ।

सुदूरपश्चिमले जितका लागि दिएको ८८ रनको सामान्य लक्ष्य एपिएफले १४.१ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍याे। एपिएफका लागि सन्दीप जोराले १८ रन बनाए भने आशिफ सेखले १५, भुवन कार्कीले १४, प्रदीप ऐरीले १२ तथा लोकेश बमले ६ रन जोडे।

सुदूरपश्चिमका लागि दीपक चन्दले चार र नरेन साउदले तीन विकेट लिए। त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १६.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो।

सुदूरपश्चिमका लागि नारायण जोशीले २५ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै अविजित ३१ रन बनाए। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपिएफका लागि चन्दन रामले पाँच विकेट लिए। त्यसैगरी, भुवन कार्कीले तीन र कप्तान रोहित पौडेलले दुई विकेट झारे।