१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार ११:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लक्ष्मी टेक्नो प्लास्टको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार ११:१२:oo

लक्ष्मी टेक्नो प्लास्ट लिमिटेडले प्राथमिक सेयर निष्कासन (आइपिओ) जारी गर्ने भएको छ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । 

निष्कासनका लागि लक्ष्मी टेक्नो प्लास्टका प्रबन्ध निर्देशक अन्जनी नन्दन मारू र मर्चेन्ट बैंकिङ लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले सय अंकितदरमा १४ करोड रुपैयाँबराबर हुन आउने १४ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । साधारण सेयरको अंकित मूल्यमा प्रिमियम रकम थप गरी साधारण सेयर जारी गर्न लागेको कम्पनीले जनाएको छ । 

लक्ष्मी टेक्नो प्लास्ट ०७२ असोज १८ मा प्राइभेट कम्पनी लिमिटेडका रूपमा स्थापित भई कम्पनी ऐन, २०६३ बमोजिम पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । कम्पनीले प्लास्टिकजन्य सामग्री उत्पादन गर्दै आइरहेको छ । 

ad
ad