१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o९:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

ललितानिवास प्रकरण : १० दिनमा ३७ जनाको बहस सकियो, आज पनि गच्छदारका कानुन व्यवसायीले पैरवी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o९:२७:oo

ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको विषयमा लगभग आधा प्रतिवादीहरूको बहस सकिएको छ । विशेष अदालतले १० दिनदेखि यो मुद्दा हेर्दाहेर्दैमा राखी सुनुवाइ गरिरहेको छ । अझै दुई साता यो मुद्दामा बहस हुने अनुमान विशेष प्रशासनको छ । 

सरकारी जग्गा व्यक्तिको नाममा कायम गरी भ्रष्टाचार गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि ६५ जग्गाधनीसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । यसमाथि २ माघबाट विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापको इजलासमा सुनुवाइ भइरहेको छ ।

पूर्वमन्त्रीहरू, उच्चपदस्थ सरकारी कर्मचारी तथा बिचौलियासमेतलाई उक्त मुद्दामा प्रतिवादी बनाइएको छ । हालसम्म आधा प्रतिवादीका कानुन व्यवसायीले बहस गरिसकेका छन् । केही हाइप्रोफाइल व्यक्तिहरूका भने आधा दर्जनभन्दा बढी कानुन व्यवसायी रहेका कारण पनि सुनुवाइ लम्बिएको हो । 

विशेषले अभियोगपत्रमा रहेको प्रतिवादीको क्रमानुसार बहस गर्न भने पनि विभिन्न कारणले सोअनुसार बहस हुन सकेको छैन । एउटै कानुन व्यवसायीले एकभन्दा बढी प्रतिवादीका तर्फबाट बहस गरिरहेका छन् भने कतिपय प्रतिवादीले आधा दर्जनभन्दा बढी वकिल राखेका छन् । विशेष अदालतका एक अधिकृत भन्छन्, ‘हामीमध्ये कतिले बहस गर्नुभयो, कतिका तर्फबाट बहस सकियो भनेर तत्काल गणना गरेका छैनौँ । आधा जति प्रतिवादीको तर्फबाट बहस सकिएको छ ।’

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख दीप बस्न्यातका कानुन व्यवसायीले बहस गरेका थिए भने सोमबार पूर्वमन्त्री विजयकुमार गच्छदारका वकिलले उनका तर्फबाट पैरवी गरे । अन्तिममा अधिवक्ता ललितकुमार बस्नेतले बहस गर्दैगर्दा समय अपुग भएपछि मंगलबार पनि उनैले गच्छदारका तर्फबाट बहस गर्ने भएका छन् । उनले मुद्दा चलाउन अन्तर्राष्ट्रिय अभ्यासलगायतका जिकिर गरेका थिए । 

ad
ad