१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका सोलुखुम्बु
२o८१ बैशाख २० बिहीबार १२:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:३५:oo

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका– ७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराएका छन्। उनले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाई सेवा उपलब्ध गराएका हुन्। 

इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्री–वाइफाई जोन घोषणा गरिएको वडासदस्य भलाकाजी कार्कीले जानकारी दिए। 

उनले भने, ‘जोरबौद्ध नगरपालिकाको व्यस्त सडक हो। साथै सल्लेरी, नेले, सोताङ, महाकुलुङ तथा जिल्लाबाहिरका लागि सवारीसाधनसमेत यही सडक हुँदै जाने भएकाले वाइफाई सेवा उपयोगी छ।’ 

उक्त सडकमा यात्रु लामो समयसम्म सवारीसाधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार भइनसकेको अवस्थामा वाइफाई सेवाबाट लाभान्वित हुने वडाध्यक्ष शेर्पा बताए।  उनले भने, ‘इन्टरनेटको सहज पहुँच भएपछि विद्यार्थी, अभिभावक, सुरक्षार्कीलगायत लाभान्वित हुन्छन्।’ 

इन्टरनेट सेवा निःशुल्क पाएसँगै स्थानीयले खुसी व्यक्त गरेका छन्। सुरुवातमा लाग्ने इन्टरनेट जडानखर्चसहित  वार्षिक रूपमा तिर्नुपर्ने इन्टरनेट खर्च रु. १२ हजार पाँच सय वडाध्यक्ष शेर्पाले नै व्यहोरेका हुन्। रासस 

ad
ad