१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
न्युयोर्क
२o८१ जेठ २ बुधबार १o:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

यौन दुर्व्यवहार कसुरमा ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना 

Read Time : < 1 मिनेट
न्युयोर्क
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:oo:oo

न्युयोर्कको एक अदालतले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखक ई जिन क्यारोललाई क्षतिपूर्तिबापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ ।

मानहानिसम्बन्धी मुद्दाको सुनुवाइ गरेको अदालतले भावना र प्रतिष्ठामा पुर्‍याएको क्षतिका लागि एक करोड ८३ लाख अमेरिकी डलर क्षतिपूर्ति र दण्डनीय क्षतिका लागि अर्को ६ करोड ५० लाख डलर तिर्नुपर्ने आदेश दिएको हो । झन्डै तीन घन्टा लामो सुनुवाइपछि अदालतले फैसला सुनाएको हो । ट्रम्पले फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने बताएका छन् ।

यस मुद्दामा सुरुमा अदालतमा उपस्थित भएका ट्रम्पले मुद्दाबारे आक्रामक धारणा सार्वजनिक गरेका थिए । तथापि, अन्तिम बहसका लागि अदालती सुनुवाइमा सहभागी भएका थिए । क्षतिपूर्ति र दण्डात्मक क्षतिको स्तर अदालतका कारिन्दाले पढ्दा उनी अदालतभन्दा बाहिरै थिए ।

फैसलाको क्यारोलले स्वागत गरेकी छिन् । फैसलापछि क्यारोलले भनेकी छिन्, ‘यो हरेक महिलाका लागि ठूलो जित हो । महिलालाई तल झार्ने कोसिस गर्ने हरेक धम्कीविरुद्धको यो ठूलो हार हो ।’

क्यारोलले आफूविरुद्ध यौन दुव्र्यवहार भएको कुरालाई ट्रम्पले झुट बोलेको भनेपछि त्यसले आफ्नो प्रतिष्ठामा असर गरेको बताइन् । ट्रम्पका समर्थकबाट व्यापक रूपमा हत्याको धम्की आएको उनले तर्क गरिन् । क्यारोलले सन् १९९० को दशकमा पूर्वराष्ट्रपतिले आफूलाई एक डिपार्टमेन्ट स्टोरमा यौनहिंसा गरेको बताएकी थिइन् । 

ad
ad