Skip This
फुटपाथ व्यवसायीद्वारा महानगरविरुद्ध चरणबद्ध आन्दोलनकाे घोषणा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १२ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o माघ १२ शुक्रबार १५:४६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

फुटपाथ व्यवसायीद्वारा महानगरविरुद्ध चरणबद्ध आन्दोलनकाे घोषणा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o माघ १२ शुक्रबार १५:४६:oo

संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले सातबुँदे माग राख्दै काठमाडौं महानगरपालिकाविरुद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ। आज यहाँ पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले यही माघ १५ देखि २८ गतेसम्म चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको हो।

समितिका अनुसार यही माघ १५ गतेदेखि कामपालाई ज्ञापनपत्र बुझाउने, माघ १६ मा जनप्रदर्शनसहित महानगरपालिका कार्यालयमा धर्ना तथा घेराउ गर्ने, माघ १७ मा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समितिमा आबद्ध नेपाल स्वरोजगार व्यापार श्रमिक संघका अध्यक्ष माया गुरुङले जानकारी दिइन्। 

उनका अनुसार माघ १८ मा गृह मन्त्रालय, माघ १९ मा प्रधानमन्त्री कार्यालय, माघ २१ मा नेकपा समाजवादी पार्टी कार्यालय, माघ २२ मा नेकपा माओवादी केन्द्र पार्टी कार्यालय, माघ २३ मा नेपाली कांग्रेस पार्टी कार्यालय र माघ २४ घमा नेकपा एमाले पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम छ।

संघर्ष समितिले माघ २८ गते व्यापक जनसहभागितासहित थाल, चम्चा ठटाउँदै जुलुस प्रदर्शनसहित महानगरपालिका घेराउ गर्ने कार्यक्रम रहेको समितिमा आबद्ध नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले जानकारी दिए। आन्दोलनका कार्यक्रम घोषणा गर्दै महानगरसमक्ष सातबुँदे माग अघि सारिएको उनको भनाइ थियो।

महानगरले विभिन्न समयमा व्यावसायीका जफत गरिएका सामान फिर्ता गर्नुपर्ने, महानगरभित्रका सबै वडामा ‘सस्तो बजार’ सञ्चालन गरी सस्तोमा नागरिकले सामान पाउने व्यवस्था गर्नुपर्ने, वैकल्पिक व्यवस्थापन नहुन्जेलसम्म हाल व्यवसाय गरिरहेकै स्थानमा उचित समय निर्धारण गरी व्यवसाय सञ्चालन गर्ने कार्य सुनिश्चित गरिनुपर्नेलगायत माग संघर्ष समितिको छ।

महानगरमा तत्काल श्रम डेस्क स्थापना गरी स्वरोजगार श्रमिकको आवश्यक सूचीकरणलगायत श्रम व्यवस्थापनसँग सम्बन्धित काम थालनी गर्नुपर्ने, दीर्घकालीन रूपमा समस्या समाधानका लागि प्रमुख वा उपप्रमुखको संयोजकत्वमा संघर्ष समितिमा रहेका ट्रेड युनियनहरूको प्रतिनिधिसहित सरोकारवाला सम्मिलित उच्चस्तरीय अधिकारसम्पन्न व्यवस्थापन कार्यदल तत्काल गठन गर्नुपर्ने, महानगर प्रहरीको धरपकड अविलम्ब बन्द गरिनुपर्ने र स्वरोजगार सडक व्यवसायीलाई करको दायरामा समावेश गरिनुपर्ने माग राखिएको समितिमा आबद्ध राष्ट्रिय स्वरोजगार व्यापार व्यवसायी संघका अध्यक्ष लीलाबहादुर दाहालले बताए।

श्रमिक संघकी अध्यक्ष गुरुङ व्यवसायीहरूको माग सम्बोधन गर्न चासो नदेखाए आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने बताइन्। उनले महानगरसँग लडाइँ गर्नुभन्दा वार्ता गरेर दीर्घकालीन समाधान खोजेको बताइन्। व्यापार श्रमिक संगठनका अध्यक्ष सापकोटाले सडक व्यापारी सधैँ सडकमै बस्न नचाहेको बताए। व्यापार व्यवस्थित गरी महानगरले स्वरोजगार सडक व्यापारीलाई करको दायरामा समावेश गरेर व्यवस्थापन गर्नुपर्ने माग राखे। 

दाहालले महानगर प्रहरीले विभिन्न समयमा व्यवसायीका जफत गरिएका सामान फिर्ता गर्ने प्रतिबद्धता जनाए पनि सामान लिन जाँदा व्यापारीले सामान नै नपाएको बताए।