१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बागमतीमा मतदान सकियो, बालेनसहित पाँचजना अनुपस्थित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:२१:oo

राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशको चार सदस्यका लागि भएको मतदान प्रक्रिया सकिएको छ। बिहान ९ बजेबाट सुरु भएको मतदानमा ३ बजेसम्म तीन सय ४२ जनाले मतदान गरेका छन्।

मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलका अनुसार मतदानमा प्रदेश सभाको एक सय १० जना सदस्यमध्ये एक सय आठजना र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई सय ३७ जना मतदातामध्ये दुई सय ३४ जनाले मतदान गरेका छन्।  
 
निर्वाचन अधिकृत सञ्जेलले प्रदेश सभातर्फ दुई र स्थानीय तहतर्फ तीनजना मतदानमा सहभागी नभएको जानकारी दिए। निर्वाचनमा प्रदेश सभका दुई र स्थानीय तहतर्फका तीनजना गरी पाँचजना मतदाता अनुपस्थित भएका हुन्।

मतदानमा हाम्रो नेपाली पार्टीका प्रदेश सांसद शैलेन्द्र बज्राचार्य र सरिता खड्गी सहभागी भएनन्। यस्तै, काठमाडौंका मेयर बालेन साह, नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल लामा र काभ्रेको चौँरी देउराली गाउँपालिकाका उपाध्यक्ष शेरबहादुर लामा मतदानमा सहभागी भएनन्।

निर्वाचनको मतगणता ४ बजेबाट सुरु गरिने निर्वाचन अधिकृत सञ्जेलले बताए। राष्ट्रिय सभाको चार सदस्यका लागि भएको निर्वाचनमा बागमती प्रदेशबाट १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।
 

ad
ad