विज्ञापन व्यवसायी, गायक तथा गीतकार निर्मलराज पौडेलले नयाँ गीत सार्वजनिक गरेका छन् । उनले ‘छम्म नाचौँ, छप्प नाचौँ’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
निर्मल पौडेलकै शब्द तथा मोहित मुनालको संगीत रहेको गीतको भिडियोमा गायक निर्मलसँगै सरोज खनाल, विजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धिरेन शाक्य, रवीन्द्र खड्का, गजित विष्ट, गम्भीर विष्ट, सुनिल कटवाल, खुस्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्कीलगायतका कलाकारको अभिनय रहेको जनाइएको छ ।
‘कहीँ कतै पार्टीतिर नाच्न मन लाग्यो भने हिन्दी गीत, डिस्को गीत बज्छन् । हामीले नाँच्ने खालका मौलिक गीत नै छैनन्,’ पौडेलले भने, ‘विज्ञापनका लागि जिंगल लेखिरहने बानी भएकाले गीत लेख्न त मलाई गाह्रो भएन ।’