१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १७:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो, कोशीको आठौँ हार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:२६:oo

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई आठ विकेटले पराजित गर्‍यो। 

जितसँगै पाँच खेलमा चार जितसँगै आठ अंक जोडेको सुदूरपश्चिम अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ भने आठ खेलमा सबै खेल हारेर अंकविहीन बनेको कोशी प्रदेश अन्तिममा छ।

कोशीले प्रस्तुत गरेको एक सय २४ रनको लक्ष्य सुदूरपश्चिमले २१ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो। सुदूरपश्चिमको जितमा नरेन भट्टले सर्वाधिक ५४ रनको योगदान दिए। उनले ४९ बलमा सात चौका प्रहार गरे। प्रकाश पाण्डेले अविजित ३४ बनाए भने कप्तान राजु रिजालले २१ रन बनाए। 

कोशीका लागि दुवै विकेट फिर्दोस अन्सारीले लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको कोशीले ३२ ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रन बनाएको थियो। कोशीका लागि मिनास थापाले २६, कप्तान अंकित तिवारीले २२, कमल खत्रीले १८ र फिर्दोस अन्सारीले १३ रन बनाए। 

बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्लले पाँच विकेट र विकास आग्रीले चार विकेट लिए।
 

ad
ad