१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:३९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चुरेमा दर्जनौँ खयरका काँचा रुख काटिए

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:३९:oo

रौतहटको राष्ट्रिय वनमा दर्जनौँ बहुमूल्य जातका खयरका काँचा रुख काटिएका छन्। चन्द्रपुर नगरपालिका- २ मा पर्ने महादेव डाँडामा दर्जनौँ बहुमूल्य जातका खयरका रुख काटिएको हो।

स्थानीयका अनुसार वन कर्मचारीकै मिलोमतोमा सो क्षेत्रमा खयरका रुख काटिएको हो। डिभिजन वन कार्यालय चन्द्रनिगापुर रौतहटबाट करिब १० किलोमिटर उत्तरमा पर्ने चुरेको जंगलमा बहुमूल्य जातका खयरका रुखहरू काटिएका हुन्।

जोडीबेला सबडिभिजन वन कार्यालयको क्षेत्रमा पर्ने महादेव डाँडाको जंगलमा बहुमूल्य जातका खयरका रुख काटिँदासमेत वन कर्मचारीले कुनै वास्ता नगरेको स्थानीय बासिन्दाले बताएका छन्।

चुरेको डाँडामा खयरका रुख काटेर विभिन्न साइजका गोलाइ बनाएर माथिबाट लडाएर खोलामा झारी त्यहाँबाट अन्त लाने गरेको स्थानीयले बताए।

रौतहटको चुरे क्षेत्रमा बहुमूल्य जातका खयरका रुख काटिएको विषयमा जोडीबेला वन सबडिभिजन कार्यालयका प्रमुख सुरेशकुमार महतोले आफूलाई जानकारी नभएको बताएका छन्।

आफूले सो स्थानमा कर्मचारी पठाएको र त्यहाँ गएका वन कर्मचारीले एक–दुईवटा खयरका रुख काटिएको बताएपछि आफूले सोही आधारमा प्रतिवेदन बनाएर डिभिजन वन कार्यालय रौतहटमा पठाउने तयारी गरेको सहायक वन अधिकृत महतोको भनाइ छ।

रौतहटको चुरे क्षेत्रमा पर्ने वन अतिक्रमण गरेर बसेकाले बहुमूल्य जातको खयरका काँचा रुख काटेर त्यसको विभिन्न सामान बनाएर महँगोमा बिक्री–वितरण गर्ने गरेको स्थानीय बासिन्दाले जानकारी दिएका छन्।

रौतहटको चुरे क्षेत्रमा रहेका खयरका रुख काटेर त्यसका डमहरूलगायतका विभिन्न सामान बनाएर बिक्री–वितरण हुँदै आएको छ। बुद्ध धर्म मान्नेको धार्मिक अनुष्ठानमा प्रयोग हुने विभिन्न सामान बनाएर बिक्री–वितरण हुँदै आएको जानकारहरूको भनाइ छ।

रौतहटको चुरे क्षेत्र अतिक्रमण गरेर बसेका नै पछिल्लो समय अवैध रूपमा खयरका काटेर विभिन्न सामान बनाएर बिक्री–वितरण गर्ने कार्यमा सक्रिय रहँदै आएको भए पनि वन कार्यालयले त्यसतर्फ ध्यान नदिएको स्थानीय बासिन्दाको भनाइ छ।

खयरबाट बनेका विभिन्न सामान वन कर्मचारीकै सेटिङमा रौतटका मुख्य बाटो भएर जिल्लाबाहिर पुग्दासमेत वन कर्मचारीले थाहा नपाएझैँ गर्ने गरेको एक स्थानीय बासिन्दाले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिएका छन्।

ad
ad