१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य डिजिटल संस्करण

राष्ट्रिय बालनाटक महोत्सवका लागि २८ प्रतियोगी नाटक समावेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:o८:oo

१५औँ राष्ट्रिय बालनाटक महोत्सवमा दर्ता भएका नाटकहरु मध्येबाट २८ प्रतियोगी नाटकहरु समावेश भएका छन्। रेडस्टार वोर्डिङ्ग स्कूलको नाटक ‘हेत्छाकुप्पा’, भेलोसिटी स्कूलको नाटक ‘पढ्ने बेला पढछु, खेल्ने बेला खेल्छु’, काठमाडौँ प्रज्ञा कुञ्ज स्कूलको ‘फुलको भाषा’, होली एन्जल पब्लिक स्कूलको ‘हेप्पी बर्थडे’ प्रतियोगिताका लागि छनोट भएका हुन्।

यसैगरी, ब्राइट फ्युचर सेकेन्डरी स्कूलको ‘ढुंगाको खिचडी’ (लोक कथामा आधारित), लोयला सकेण्डरी स्कूलको ‘देवकी पुष्पराज अवस्थी’, श्री यन्त्र स्कूलको ‘साथ मञ्जुश्री गुरुकुलम्’, रिलायन्स पब्लिक स्कूलको ‘बुद्ध र भिकारी’ (लोक कथामा आधारित), एभरेस्ट इडलिस स्कुलको ‘नेपाल मनको मन्दिर’, यू वेष्ट प्वाइन्ट आ.मा.विको ‘विकाससँगै विकृति’ पनि छनोट भएका छन्।

निसर्ग वाटिका रवि भवनको ‘ड्याड भर्सेस मम’, आकाश–गंगा इन्टरनेसनल स्कूलको ‘मुकुट सागर कान्छो’, श्री महेन्द्र आदर्श माविको ‘बाकस’, मादे स्कुलको ‘अधुरो सपना’, रिम्स स्कुलको ‘मुनामदन’, प्रज्ञा सदन सेकेन्डरी स्कुलको ‘कोही किन बर्बाद होस्’, एलिट ग्रान्ड स्कुलको ‘अनिच्छित सोच’, क्रीएटिभ एकेडेमीको ‘बच्चाहरुको संसार’ छनोट भएका छन्।

यसैगरी, इन्टरनेशनल स्कूलको ‘न्याय’, एकता जेम्स स्कुलको ‘आमा नहुँदा एक साँझ’, सुनौली भविष्य स्कुलको ‘पिंजडा लेखन’, लिम्पिया नेसनल स्कुल एन्ड कलेजको ‘बहुला काजीको सपना’, माउण्ड हर्मोन चिल्ड्रेन एकेडेमीको ‘आँधीको मनोरम नृत्य’, बालबाटिका स्कुलको ‘घरको माया’, माउन्ट एभरेस्ट स्कुलको ‘म जोकर बन्छु’, नेक्स्ट जेनेरेशन रेसिडेन्सियल एकेडेमीको ‘बेचिएको आवाज’, कान्तिपुर स्कुलको ‘बिसे नगर्ची’ र झापा मेरीगोल्डको ‘मघुमालतीको कथा’ प्रतियोगितामा छानिएका छन्।

बालनाटक महोत्सवका लागि ४० भन्दाबढी नाटक प्राप्त भएको र जसमध्ये २८ वटा नाटक समावेश भएको निर्देशक नवराज बुढाथोकीले बताए। आगामी फागुन २ देखि सुरु हुने १५औँ राष्ट्रिय बालनाटक महोत्सव फागुन ८ गते सम्पन्न हुनेछ।

ad
ad