१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
तस्बिर सौजन्य : रारा राष्ट्रिय निकुञ्ज कार्यालय
२o८१ बैशाख २१ शुक्रबार १५:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

चिसो छल्न ३९२ पाहुना चरा रारा पुगे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:५o:oo

चिसो छल्न रारा आएका पाहुना चराको गणना गरिएको छ। रारा राष्ट्रिय निकुञ्जको कार्यालय मुगुले सोमबार नेपालकै ठूलो तालमा चिसो छल्न आएका पाहुना चराको गणना गरेको हो।

निकुञ्ज कार्यालयका कर्मचारी र नेपाली सेनाको संयुक्त सहकार्यमा २४ सदस्यीय टोली चारवटा ग्रुपमा विभाजन भई प्रवासी चराको गणना गरिएको निकुञ्ज कार्यालयले जनाएको छ।

निकुञ्जले चारवटा समूह बनाएर चरा सधैँ बसोवास गर्ने र तैरिने तालका निश्चित ठाउँहरूमा खटाएर सोमबार बिहान ९ बजेदेखि ११ बजेसम्म गणना गरेकाे निकुञ्ज कार्यालय मुगुका वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए।

यो वर्ष एक सय ७८ वटा मरुल, ८१ वटा कालीजुरे हाँस, एउटा हरियो टाउके हाँस, तीनवटा खोया हाँस, एक सय १७ वटा सुनजुरे हाँस र १२ वटा सिउरे डुबुल्की गरी जम्मा तीन सय ९२ वटा साइबेरियन चरा रारा तालमा आएका पाइएको वरिष्ठ संरक्षण अधिकृत घिमिरेले बताए।

उनका अनुसार चिसो छल्न सयौँ चरा कैयौँ माइलको यात्रा गर्दै रारा आउने क्रममा कैयौँ चराको समूहबाट छुटेर, बाटो बिराएर, थाकेर बाटोमै मृत्यु हुने गरेको छ। पुस, माघ महिनामा रारा पुगेका पाहुना चरा चार–पाँच महिनाको रारा बसाइपछि फर्किने गर्छन् ।

चरा गणना २०१२ का अनुसार रारा राष्ट्रिय निकुञ्जमा दुई सय ७२ प्रजातिका चरा पाइन्छ। त्यसमध्ये ४९ प्रजातिका चरा पानीचरा रहेका थिए।

पुस र माघको चिसोमा रारा तालको पानी तातो हुने, पर्याप्त आहारा पाइने भएकाले चराहरू रारा आउने गरेका छन्। पाहुना चराहरू निकुञ्जको मिलीचौर, ठाकुरज्यू मन्दिर, ओखरबोट, निजार क्षेत्रमा खोया हाँस, कपनकुटलगायतका चरा प्रशस्त देख्न सकिन्छ।

ad
ad