१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० माघ ९ मंगलबार १२:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरेन्द्रनगरबाट लागुऔषधसहित एकजना पक्राउ

Read Time : < 1 मिनेट
२०८० माघ ९ मंगलबार १२:४०:००

प्रहरीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ८ खजुरा दहब क्याफेबाट लागुऔषध ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ।

सोमबार बेलुका झापा पृथ्वीनगर नगरपालिका– ३ घर भई हाल सुर्खेतको वीरेन्द्रनगर– १२ नेवारे बस्ने १९ वर्षका अनमोल लामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

लामालाई सोधपुछ गरी शरीर खानतलासी गर्दा साथबाट दुई ग्राम ६ सय ५० मिलिग्राम ब्राउनसुगरजस्तो धुलो पदार्थ फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण शाहीले जानकारी दिए।

सूचना अधिकारी शाहीका अनुसार लामामाथि थप अनुसन्धान भइरहेको छ।