१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

रेडीको सानदार शतकमा न्युजिल्यान्डले खडा गर्‍यो रनको पहाड, नेपाललाई ३०३ रनको विशाल लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:४४:oo

आइसिसी यू–१९ एकदिवसीय विश्वकपको पहिलो खेलमा नेपालले तीन सय तीन रनको विशाल लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा तीन सय दुई रन बनाएपछि नेपालले तीन सय तीन रनको लक्ष्य पाएको हो। 

विशाल लक्ष्य खडा गर्ने क्रममा न्युजिल्यान्डका मध्यक्रमका ब्याटर स्नेहित रेडी डेभरेडीले विस्फोटक शतकीय इनिङ खेले। एक सय २५ बलको सामना गरेका रेडीले ६ छक्का र ११ चौका प्रहार गर्दै एक सय ४७ रन बनाए। नेपालका सबै बलरविरुद्ध खुलेर खेलेका रेडी अविजित रहे। 

उनले प्रहार गरेका पाँच छक्का बाउन्ड्री लाइनको नजिक खसेका थिए। तर, कुनै पनि नेपाली फिल्डरले ती बलको सही जज गर्न नसक्दा उनी आउट भएनन्। इनिङको अन्तिम बलमा क्याच हुनुपर्नेमा बलरको हातबाट फुत्किएर छक्का हुन पुग्यो।

शतक बनाउँदासम्म संयमित देखिएका उनी शतक पूरा गरेसँगै विस्फोटक देखिए, अनि चौका र छक्काको वर्षा गराए। 

१५ ओभरभित्र तीन विकेट गुमाइसकेको अवस्थामा उनले कप्तान ओस्कार ज्याक्सनसँग एक सय ५७ रनको साझेदारी गर्दै न्युजिल्यान्डलाई सुदृढ अवस्थामा पुर्‍याएका थिए । 

१४.३ ओभरमा तेस्रो विकेट गुमाएको न्युजिल्यान्डले ४१.५ ओभरमा मात्र चौथो विकेट गुमाएको थियो। बीचका २७ ओभरमा रेडी र ज्याक्सनले पटक-पटक नेपाली बलरलाई निराश बनाए। 

ज्याक्सनलाई आकाश त्रिपाठीले व्यक्तिगत ७५ रनको अवस्थामा आउट गरेपछि नेपालले थप दुई विकेट लिन सफल भयो। सिनियर टिमका नियमित सदस्य अलराउन्डर गुल्सन झाले आफ्नो सातौँ ओभरका लगातारका दुई बलमा लकल्यान स्याकपल र ज्याक कमिङलाई आउट गरे। 

सुवास भण्डारीले तीन विकेट लिँदा गुल्सनले दुई, दीपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक–एक विकेट लिए। नेपाल अब केहीबेरमा जवाफी ब्याटिङमा उत्रिनेछ।

ad
ad