१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
शिल्पा कर्ण काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १७:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सम्पत्ति शुद्धीकरणमा इच्छाराज दोषी ठहर, सजाय निर्धारणको पेसी तोकियो

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १७:o९:oo

सिभिल सहकारी ठगी प्रकरणका मुख्य आरोपी व्यवसायी तथा एमालेका पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्।

इच्छाराजसहित, सिर्जना शाक्य (तामाङ), प्रतीक्षा तामाङ, प्रतिष्ठा तामाङ, केशवलाल श्रेष्ठ र मीनाकुमारी श्रेष्ठलाई प्रतिवादी बनाई २०७९ भदौ १६ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले इच्छाराजसहित उनकी श्रीमती सिर्जना, सहकारीका अध्यक्ष केशवलाल र मीनाकुमारीलाई दोषी ठहर गरेको हो। सजाय निर्धारणको लागि माघ २१ गते को पेसी तोकिएको छ।

प्रतीक्षा र प्रतिष्ठाले भने सफाइ पाएका छन्। उनीहरू इच्छाराजका छाेरी हुन्।

सहकारीका पूर्वअध्यक्ष तामाङले नियमविपरीत सहकारीबाट आफ्नै कम्पनीको नाममा कर्जा प्रवाह गरेका थिए । ती कम्पनीबाट भएको आम्दानी लुकाएर सहकारीको कर्जा नतिरेपछि संस्था समस्यामा परेपछि एक हजार पाँच सयभन्दा धेरै निक्षेपकर्ताले पाँच अर्ब ७७ करोड ठगी भएको भन्दै सिआइबीमा जाहेरी दिएका थिए।

सहकारीबाट ठगेको रकम तामाङले कम्पनीमा सेयर खरिद र घरजग्गामा लगानी गरेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको दाबी थियो। ठगी गरेको रकमबाट उनले ३० वटाभन्दा बढी कम्पनीमा सेयर किनेका थिए।

ठगीबाटै आर्जित सम्पत्तिबाट उनले काठमाडौंमा ठूलो परिमाणमा जग्गा किनेको र हदबन्दी छल्न धेरै कम्पनी प्रयोग गरेको देखिएको थियो।

ad
ad