Skip This
गृहमन्त्री श्रेष्ठ सर्लाहीमा, पुनर्निर्माणकाे ११ वर्षपछि कारागार उद्घाटन हुँदै
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ७ आइतबार
  • Saturday, 27 July, 2024
श्रवण थापा सर्लाही
२o८o माघ ७ आइतबार ११:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्री श्रेष्ठ सर्लाहीमा, पुनर्निर्माणकाे ११ वर्षपछि कारागार उद्घाटन हुँदै

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८o माघ ७ आइतबार ११:२५:oo

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सर्लाही आइपुगेका छन्। मन्त्री श्रेष्ठ शनिबार साँझ अबेर जहाजमार्फत जनकपुर अवतरण गरी सर्लाही आइपुगेका हुन्।

मन्त्री श्रेष्ठ गएराति लालबन्दीकै युनाइटेड होटेलमा बसेका थिए। उनी जहाजमार्फत सिमरा अवतरण गर्ने र सर्लाही आउने तयारी भए पनि अन्तिम समयमा मौसम खराबीका कारण उडान रद्ध भएको थियो।

मन्त्री श्रेष्ठले आइतबार दिनभरि जिल्लाका विभिन्न कार्यक्रममा सहभागिता जनाउनेछन्। उनले बिहान आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखसँग छलफल गर्ने कार्यक्रम रहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए।

त्यसपछि उनले निर्माण सम्पन्न सर्लाही जिल्ला कारागारको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। पुनर्निर्माण सुरु भएको ११ वर्षपछि जिल्ला कारागार उद्घाटन हुन लागेको हो।

समयमै पुनर्निर्माण सम्पन्न नहुँदा सर्लाही ११ वर्षदेखि कारागारविहीन भएपछि कैदीलाई अनुकूलताअनुसार छिमेकी जिल्ला रौतहट, महोत्तरी, सिन्धुलीदेखि मकवानपुरको भीमफेदी तथा सुनसरीको झुम्का कारागारसम्म पुर्‍याउने गरिएको थियो। 

पटक–पटक गरेर ०६८ र ०७२ मा कारागार मर्मतको ठेक्का लागेको थियो। विभिन्न बहानामा ठेकेदार कम्पनीले मर्मतमा ढिलाइ गरेपछि जिल्ला लामो समयदेखि कारागारविहीन बनेको हो। 

यस्तै, मन्त्री श्रेष्ठले लालबन्दी नगरपालिकास्थित पत्थरकोटमा लखन्देही खोलामाथि बन्न लागेको पक्की पुलको शिलान्यास गर्ने कार्यक्रममा छ। पुल शिलान्यास कार्यक्रमपछि मन्त्री श्रेष्ठले सर्लाहीको हरिवनमा तीन दिनदेखि जारी कृषि प्रदर्शनीको अवलोकन गर्ने आयोजकले जनाएको हो। 

मेला अवलोकनका लागि दिउँसो उनी प्रदर्शनीस्थल पुग्ने हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी (कमल)ले जानकारी दिए। हरिवन नगरपालिकास्थित सुर्ती विकास मैदानमा गत शुक्रबारदेखि मधेश प्रदेशस्तरीय दोस्रो दूध तथा कृषि अनुसन्धान, उत्पादन तथा कृषि प्रविधि प्रदर्शनी सञ्चालन भइरहेको छ। आजै  प्रदर्शनीको समापनको समेत तयारी गरिएको छ।