१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:o६:oo

एकपटक महात्मा गान्धी दान्डी यात्राका क्रममा थिए । यात्रा गर्दै गर्दा उनको टोली एक स्थानमा आरामका लागि छोटो समयका लागि रोकियो । एकैछिनको विश्रामपछि जब गान्धीको टोली यात्रामा सामेल भयो, त्यति नै वेला गान्धीका एक अंग्रेज प्रशंसक उनीसित भेटघाट गर्न त्यहाँ आइपुगे । 

गान्धी नजिक पुगेपछि उनले आफ्नो हात गान्धीतर्फ अघि बढाउँदै भने– बापु, म वाकर हुँ । तर, आफ्नो टोलीले यात्रा सुरु गरिसकेको हुनाले गान्धीले ती अंग्रेजलाई समय दिन सकेनन् । त्यसैले, उनले हतारिँदै हात मिलाए र भने– म पनि त ‘वाकर’ नै हुँ । तपाईंसित भेट हुँदा मलाई निकै खुसी लाग्यो । यत्ति भनेर उनी हतारहतार अघि बढे । 

गान्धीको यस्तो व्यवहार देख्दा उनको यात्रामा सहभागी एक सज्जनलाई अचम्म लाग्यो । उनले गान्धीसित यस सम्बन्धमा भने– बापु, तपाईंले ती अंग्रेजलाई अलि समय दिएर भेटघाट तथा कुराकानी गर्नुभएको भए जाती हुने थियो । यसबाट तपाईं र तपाईंको यात्राको चर्चा हुने थियो । अंग्रेजी पत्रपत्रिकामा तपाईंको नाम सम्मानपूर्वक प्रकाशित हुने थियो । 

ती सज्जनको यस्तो भनाइ सुनेपछि गम्भीर हुँदै गान्धीले भने– तपाईंले एकदम ठीक भन्नुभयो मित्र ! उनीसित कुराकानी गरेको भए मेरो चर्चा हुन सक्थ्यो । तर, मेरा लागि आफ्नो चर्चा वा प्रसिद्धिभन्दा पनि समय अनमोल छ । त्यसैले, म समय खेर फाल्न चाहन्नथेँ ।
 

ad
ad