१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका कम्पाला (युगान्डा)
२o८१ बैशाख २० बिहीबार o६:३o:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

नेपाल मध्यपूर्वमा शान्ति र स्थायित्वको पक्षमा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, कम्पाला (युगान्डा)
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:३o:oo

असंलग्न आन्दोलन ‘नाम’को १९औँ शिखर सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन

  • मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल राष्ट्रसंघको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यताप्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहन्छ ।
  • युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी छ । नयाँ र पुराना द्वन्द्वका नतिजाले यस क्षेत्रलाई नभई सम्पूर्ण विश्व र विशेषगरी दक्षिण विश्वलाई घेरेको छ । त्यसैले यो सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्ने समय हो ।
  • नेपाल शान्तिका प्रतीक गौतम बुद्धले दीक्षित गरेको शान्तिपूर्ण सहअस्तित्वको शाश्वत सत्यमा विश्वास गर्दछ । विविधतामा एकता र वसुधैव कुटुम्बकम् अर्थात् ‘विश्व एउटै परिवार’ हाम्रो जीवन पद्धति बनेको छ । यी मूल्यमान्यता हाम्रा सामाजिक–सांस्कृतिक परम्परामा परापूर्वकालदेखि नै स्थापित हुँदै आएका छन् ।

असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा नेपालले आफूलाई मध्यपूर्वमा शान्ति र स्थायित्वको पक्षमा उभ्याएको छ । युगान्डाको कम्पालामा आयोजित असंलग्न आन्दोलन ‘नाम’को १९औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना राखेको बताए । 

‘मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल राष्ट्रसंघको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यताप्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने । उनले विश्वशान्ति र सुरक्षाका लागि राष्ट्रसंघपछिको ठूलो संस्थाको हिसाबले नामले उपयुक्त भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिएका छन् । 

सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्नुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले नेपाल शान्तिप्रिय देश भएकाले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्ने बताए । ‘युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी छ ।

नयाँ र पुराना द्वन्द्वका नतिजाले यस क्षेत्रलाई नभई सम्पूर्ण विश्व र विशेषगरी दक्षिण विश्वलाई घेरेको छ । त्यसैले यो सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्ने समय हो,’ उनले भने ।  प्रधानमन्त्री प्रचण्डले नेपालले सार्वभौम समानता, आपसी सम्मान, पारस्पारिक लाभ र विवादको शान्तिपूर्ण समाधानमा आधारित सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको बताए । ‘असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तहरूमध्ये एक हो,’ उनले भने ।

 ‘नाम’का मूल्यमान्यता र सिद्धान्त पवित्र रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यसको पालनाले सबैलाई शान्तिमय, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्गनिर्देश गरिरहेको बताए । ‘नेपाल शान्तिका प्रतीक गौतम बुद्धले दीक्षित गरेको शान्तिपूर्ण सहअस्तित्वको शाश्वत सत्यमा विश्वास गर्दछ । विविधतामा एकता र वसुधैव कुटुम्बकम् अर्थात् ‘विश्व एउटै परिवार’ हाम्रो जीवन पद्धति बनेको छ । यी मूल्यमान्यता हाम्रा सामाजिक–सांस्कृतिक परम्परामा परापूर्वकालदेखि नै स्थापित हुँदै आएका छन्,’ उनले भने । 

नेपाल आफ्नो अनुपम, राष्ट्रिय स्वामित्वको र नेपाल आफैँले विकास गरेको शान्ति प्रक्रिया निष्कर्षमा पुगेको जानकारी दिए । उनले संक्रमणकालीन न्यायलाई एकपटक र सदाका लागि समाधान गरेर दिगो शान्ति सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए । ‘द्वन्द्वबाट स्थापित नेताका रूपमा सम्बोधन गर्दै गर्दा मलाई के विश्वास छ भने शान्ति सम्भव छ, दृढविश्वास र इच्छाशक्तिले राष्ट्र र विश्वव्यापी रूपमा रहेका ऐतिहासिक, सामाजिक–सांस्कृतिक र आर्थिक अन्यायलाई सम्बोधन गर्न सकिन्छ,’ उनले भने । 

सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान विश्वमा ‘गेम चेन्जर’का रूपमा देखापरेका ‘विज्ञान, प्रविधि र नवप्रवर्तन’मा नामले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए । ‘विकासशील र अल्पविकसित देशहरूले सामना गरिरहेका संस्थागत र क्षमताका बाधाहरूलाई सम्बोधन गर्न ‘नाम’ले ‘विज्ञान, प्रविधि र नवप्रवर्तन’मा उच्च प्राथमिकता दिनुपर्छ,’ उनले भने । 

‘नाम’ले दिगो विकासका लागि सन् २०३० को मुद्दा र अन्य अन्तर्राष्ट्रिय रूपमा सहमत विकासका लक्ष्यहरूको समयमै उपलब्धिमार्फत दक्षिण विश्वको आर्थिक विकास र समृद्धिमा जोड दिनुपर्ने उनको भनाइ थियो । ‘बढ्दो द्वन्द्व, गरिबी, भोकमरी, असमानता र अनेकौँ समस्याले निम्त्याएका विकासका साझा चुनौतीलाई सम्बोधन गर्न ‘नाम’ले नेतृत्व गर्नुपर्छ,’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न नामका सदस्य राष्ट्रहरूलाई आह्वानसमेत गरे । ‘हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु हाम्रो साझा हितमा छ,’ उनले भने । पहाडहरू विश्वव्यापी जनसंख्याको १५ प्रतिशत र पृथ्वीको जैविक विविधताको ५० प्रतिशतको घर उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सबै जीवित प्राणीलाई यसले विश्वव्यापी सेवाहरू प्रदान गर्ने बताए । हिमाली देश नेपालले हिमाल, हिमाली पारिस्थितिक प्रणाली र त्यहाँ बसोवास गर्ने जनताको संरक्षणका लागि वकालत गर्दै आएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको विनाशकारी प्रभावको कारण डरलाग्दो दरमा घट्दै गएको हिमनदीका स्वरूप र यसले अर्बौँको जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडाको आफूहरू साक्षी रहेको सुनाए ।

ad
ad