१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २o:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

घुस रकमसहित रंगेहात पक्राउ परेका बुढानीलकण्ठका तत्कालीन सबइन्जिनियर पौडेललाई सफाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:३४:oo

७२ हजार घुस लिएको अभियोगमा रंगेहात पक्राउ परेका काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाका सबइन्जिनियरलाई विशेष अदालतले सफाइ दिएको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाका तत्कालीन सबइन्जिनियर विनोदकुमार पौडेलले शुक्रबार सफाइ पाएका हुन् । 

पौडेलले सडक निर्माणको अन्तिम भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग ७२ हजार रुपैयाँ घुस माग गरिरहेको सूचना पाएपछि अख्तियारको टोली पुगेको थियो । उक्त रकम लिइसकेको अवस्थामा पौडेल २२ साउन ०७८ मा पक्राउ परेका थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानपश्चात् १८ असोज ०७८ मा मुद्दा चलाएकोमा सबइन्जिनियर पौडेलले सफाइ पाएका हुन् । विशेषका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । 

ad
ad