गरिमा विकास बैंकले ‘गरिमा फाइभ इन वान’ बचत खाता ल्याएको छ । यो खातामा ग्राहकले बचत, डिम्याट, सेयर ट्रेडिङ, मेरो सेयरको र सिआस्बाजस्ता सेवाका लागि एकैपटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
न्यूनतम एक हजारमा खाता खोली मोबाइल बैंकिङ, एटिएम, सिआस्बा तथा गरिमा क्यापिटल र सेयर ब्रोकर कम्पनीबाट डिम्याट, सेयर ट्रेडिङ र मेरो सेयर खाता निःशुल्क पाउन सक्ने बताइएको छ । साथै, लकर सुविधामा ५० प्रतिशतसम्मको छुटको सुविधा रहेको बैंकले जनाएको छ ।