१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १३:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

चुनाव चिह्न विवादले अनिश्चित बन्दै पाकिस्तानको निर्वाचन मिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १३:५७:oo

पाकिस्तानको निर्वाचन आयोग (इसिपी)ले चुनाव चिह्न परिवर्तन गर्ने आदेश आइरहे फेब्रुअरी ८ का लागि तय भएको निर्वाचनकाे मिति अनिश्चत हुने चेतावनी दिएको छ।

कुनै पनि अदालतको नाम उल्लेख नगरीकन निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा विभिन्न फोरममार्फत चुनाव चिह्न परिवर्तन भइरहेको उल्लेख गरेको छ। निर्वाचन चिह्न वितरणपछि तीनवटा मुद्रण संस्थानलाई मतपत्र छपाइको आदेश दिइसकेको र एक दिनअघि नै मतपत्र छपाइको काम सुरु भइसकेको आयोगले जनाएको छ।

आयोगले भनेको छ,  ‘निर्वाचन चिह्न परिवर्तन गर्ने क्रम यसरी नै चलिरहने हो भने मतपत्र पुनः मुद्रण गर्नुपर्ने भएकाले निर्वाचनमा ढिलाइ हुने डर छ, यसका लागि समय सीमित भइसकेको छ भने अर्कोतर्फ मतपत्रका लागि उपलब्ध विशेष कागज पनि गुम्नेछ।’

सन् २०१८ को आमनिर्वाचनमा ११ हजार सात सय उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकोमा आगामी आमनिर्वाचनका लागि उम्मेदवारको संख्यामा १८ हजार ५९ जना अर्थात् ३३ प्रतिशतभन्दा बढी उम्मेदवारले भाग लिने आयोगले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन चिह्न परिवर्तन गर्ने प्रवृत्ति नरोकिने हो भने त्यस्ता निर्वाचन क्षेत्रमा निर्वाचन सार्नुको विकल्प छैन।’

निर्वाचन आयोगले यसअघि जिल्ला निर्वाचन अधिकारी (डिआरओ) र मतदान अधिकृत (आरओ)ले उम्मेदवारलाई दिइएको चुनाव चिह्न परिवर्तन गर्ने अधिकारमा रोक लगाएको थियो।

निर्वाचन आयोगका प्रवक्ता सैयद नदिम हैदरका अनुसार निर्वाचन आयोगले प्रान्तीय निर्वाचन आयुक्त, डिआरओ र आरओलाई यो चरणमा चुनाव चिह्न परिवर्तन नगर्न र आवश्यक परेमा यसका लागि अनुमति लिन निर्देशन दिएको छ।
 

ad
ad