१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १६:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

निफको सातौँ संस्करण आगामी चैत १ देखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:५१:oo

नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)को सातौँ संस्करण चैतको १ देखि ५ गतेसम्म हुने भएको छ। मंगलबार नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले नेपाल पर्यटन बोर्डको हलमा महोत्सवमा प्रदर्शन हुने फिल्महरूको सूची सार्वजनिक गर्दै साे जानकारी दिएकाे हाे।

महोत्सव अवधिभर समसामयिक विषयमा स्वदेशी तथा विदेशी चलचित्रकर्मीका रोचक र अर्थपूर्ण छलफलका सत्र सञ्चालन हुने आयोजकले जानकारी गराएको छ।

महोत्सवका अध्यक्ष केपी पाठकले फिल्मको लाइनअप सार्वजनिक गर्दै यो संस्करणमा ६० देशका ५ सयभन्दा बढी प्राप्त भएकोमा छनाेट समितिबाट ४०  देशका ८८ वटा फिल्म छानिएको बताए।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै अभिनेता नीर शाहले निफले आगामी दिनमा पुँजी र बजार एवं पूर्वीय ज्ञानमा केन्द्रित गर्नुपर्ने सुझाव दिए। राष्ट्रिय चलचित्र उद्योग पुँजी र बजारमा केन्द्रित नहुने हो भने अबका थुप्रै वर्ष यही अवस्थामा रहिरहने र निफजस्ता कार्यक्रमले यस्ता कुरामा जोड दिनुपर्ने आवश्यकता उनले औँल्याए।

फेस्टिभलमा राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरी अवार्ड बाँडिनेछ भने लघु चलचित्र र वृत्तचित्र विधामा पनि अवार्ड वितरण गरिनेछ।

प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तर्क्रियाका कार्यक्रम पनि आयोजना गरिने पनि आयोजकले जनाएको छ।

महोत्सवमा प्रदर्शन हुने चलचित्र क्युएफएक्स सिनेमाका शाखाहरू सिभिल मल, लबिम मल, भक्तपुर र छायासेन्टरका हलमा प्रदर्शन हुनेछन्।

ad
ad