१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गुल्मी एमालेको एक्सन : स्थानीय तह र सरकारी कार्यालयमा हुने आर्थिक बेथितिकाे पर्दाफास गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:५६:oo

माघ १० गते सबै पालिका विरोध र सुझावको रणनीति

नेकपा एमालेको बैठकले जिल्लाको सन्दर्भमा महत्त्वपूर्ण केही निर्णय गरेको छ। गुल्मी एमालेले बैठकबाट स्थानीय तह र सरकारी कार्यालयमा आर्थिक बेथितिका चाङ पहिल्याएको छ। जसलाई नियन्त्रण गर्न एमाले गुल्मीले पार्टी बैठकबाट योजनासहित निर्णय गरेको छ। स्थानीय तहमा निर्वाचन भएको करिब दुई वर्ष पुग्न थाल्यो। जनताका जनजीविकाको सवालमा कुनै परिवर्तन आउन सकेको छैन।

जनताले भोगिरहेका समस्या समाधान गर्न एमालेले आफ्नो पार्टीले विजयी हासिल गरेका पालिकाहरूमा भएका राम्रा अभ्यासलाई निरन्तरता दिन र वर्तमान समस्या समाधान गर्ने गरेर सुझाव दिने निर्णय एमालेले गरेको छ। यसैगरी, फरक दलले जितेका स्थानीय तहमा भएका अनियमितता, भ्रष्टाचार, पक्षपातलाई उजागर गर्ने निर्णय गरेको छ। जसका लागि १० माघमा एकसाथ सुझाव तथा विरोधपत्र प्रस्तुत गर्ने निर्णय गरेको नेकपा एमालेका सचिव गणेश श्रीपालीले बताए।

त्यस्तै, गुल्मी जिल्लाका स्थानीय तह तथा सरकारी कार्यालयमा काम कारबाहीका सम्बन्धमा एमाले पार्टीको गम्भीर ध्यानाकर्षण भएको र विकास निर्माणका काममा गरिएको ढिलासुस्ती, र कमजोर गुणस्तर सच्याउन जोडदार माग गरिएको छ। सरकारी निकायमा बढ्दो इन्धन, गाडी, चन्दा सहयोग तथा भ्रमण गोष्ठीका फजुल खर्च नियन्त्रण गर्न तथा सरकारी निकायमा बढ्दो खरिदमा आधारित कमिशन खाने खेललाई सच्याउन एमाले गुल्मीले चेतावनी दिएको छ। 

सरकारी निकायका बेथितिलाई पार्टीले निगरानी गरी यस्ता क्रियाकलापलाई नांगेझार पार्न पार्टीपंक्ति परिचालन हुने र जिल्लामा पर्यटकीय पूर्वाधार निर्माणलाई तीव्रता दिन तथा पर्यटकका लागि सुविधा व्यवस्थित गर्नका लागि एमालेले जोडदार माग गरेको छ। पर्यटकीय स्थलहरूको प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न, सिमीचौरको एयरपोर्टमा नियमित तथा थप उडानको व्यवस्था गर्न, गुल्मीमा आउने निर्माणाधीन सडकहरू अविलम्ब पूरा गर्न, तथा जिल्लामा सञ्चालित पर्यटकीय सेवा प्रदान गर्ने होटेल व्यवसायलाई हतोत्साहित नभएर प्रोत्साहित गर्न जोडदार माग गरिएको सचिव श्रीपालीले बताए। 

त्यस्तै, नेकपा एमाले जिल्ला कमिटी गुल्मीले पार्टीको वार्षिक कार्ययोजनाअनुसार जिल्ला र सबैपालिका र सम्पर्क मञ्चमा गरिएका प्रशिक्षण प्रभावकारी रहेको ठहर गर्दै माघ र फागुनमा वडास्तरका प्रशिक्षण सम्पन्न गर्ने निर्णय गरेको छ। प्रशिक्षणको लागि विषयवस्तु पार्टीको स्कुल विभाग संयोजनमा निर्धारण गरी पठाउने र प्रशिक्षणका लागि प्रदेश तथा केन्द्रीय जिम्मेवारीमा रहेका व्यक्तिहरूलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ। यसका साथै जनसंगठनका पालिकासम्मका प्रशिक्षण फागुनभित्र सञ्चालन गर्ने र वडा तथा जनसंगठनका प्रशिक्षण फागुनभित्र सकेर यो वर्ष ०८० लाई प्रशिक्षण वर्षका रूपमा घोषित गर्ने निर्णय गरेको श्रीपालीले जानकारी दिए।

उनका अनुसार जिल्ला पार्टीका विभागहरूको बैठक फागुन १५ भित्र सम्पन्न गर्ने। यस वर्ष पार्टी सदस्यता नवीकरण चैतमहिनाभित्र सक्ने गरी तयारी गर्ने र फागुनबाट नै सदस्यता नवीकरणको काम सुरु गर्नेसमेत निर्णय गरिएको छ। बैठकले जिल्ला पार्टीको निर्णयअनुसार सञ्चालित प्रशिक्षणमा प्रशिक्षण दिने पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव तथा पार्टी स्कुल विभागका प्रमुख प्रदीप ज्ञवाली, पोलिटब्युरो सदस्य सूर्य थापा, केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली, रचना खड्का, दिनेश पन्थी, जंग नेपाली, गणेश खनाल, राजेन्द्र अर्यालसहितका विभिन्न संगठन र सञ्चारमाध्यमलाई धन्यवाद दिने निर्णय गरेको छ।
 
 

ad
ad