१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
श्रवण थापा सर्लाही
२o८१ बैशाख २१ शुक्रबार १७:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बम्जनलाई जिल्ला कारागार महोत्तरी पठाउने तयारी 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:५८:oo

रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएसँगै बम्जनलाई थुनाका लागि जिल्ला कारागार महोत्तरी पठाउने तयारी भइरहेको छ। 

जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। अहिले अदालतबाहिर ठूलो संख्यामा अनुयायीहरूको भिड देखिएको छ। यता बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ।

लगभग ४ घण्टा चलेको बहसमा वादीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कैलाश दाहाल र अधिवक्ता अनन्त न्यौपाने तथा प्रतिवादीका तर्फबाट अधिवक्ताहरू डा. कुन्साङ लामा, अजय तामाङ, दिलीपकुमार झा, महनिधि सेडाई र अमृतकुमार लामाले बहस गरेका थिए। 

बहसपछि आरोपी बम्जनलाई घटनामा संलग्न छैन भन्ने पुष्टि हुन सक्ने आधार नभएकाले पुर्पक्षमा राख्ने न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले आदेश दिएका हुन्। योसँगै तपस्वी बम्जनलाई थुनाका लागि जिल्ला कारागार महोत्तरी पठाउने तयारी भइरहेको छ।

मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ स्थित निवासबाट सिआइबीको टोलीले बम्जनलाई पक्राउ गरेको थियो। 

बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा नाबालिकामाथि जबर्जस्ती करणी तथा बाल यौनशोषणको मुद्दा दर्ता छ। उक्त मुद्दामा जिल्ला अदालत सर्लाहीले २१ असार ०७७ मा बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। 


 

ad
ad