१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १६:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लागुऔषध मुद्दाका फरार दोषी २२ वर्षपछि पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १६:४८:oo

लागुऔषध मुद्दामा सजाय पाई फरार रहेका दुईजनालाई प्रहरीले झन्डै २२ वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सल्यान बनगाड कुपिण्डे नगरपालिका– ४ का ७० वर्षीय मनबहादुर पुन भन्ने मनवीर पुनमगर र ६७ वर्षीय प्रेमबहादुर पुन भन्ने गोवर्द्धन पुन रहेका छन्। उनीहरूलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो।

अदालतले ०५९ माघ २६ गते जनही दुई वर्ष कैद फैसला गरेको थियो। सोही समयदेखि फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए। दुवैजनालाई कैद भुक्तानीका लागि कारागार कार्यालय सल्यान चलान गरिएको छ।

ad
ad