१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

केएमसी र आवासीय चिकित्सकबीच सहमति, डा‍. दाहालमाथिको निलम्बन फुकुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:५६:oo

काठमाडौं विश्वविद्यालयद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज (केएमसी) र आवासीय चिकित्सकबीच सहमति भएको छ। 

बुधबार बेलुकी अस्पताल प्रशासन र चिकित्सकहरूबीच आठबुँदे सहमति भएपछि निलम्बन गरिएका चिकित्सक विशद दाहाल बिहीबारदेखि केएमसीमा प्रवेश गरेका हुन्। 

यसअघि केएमसी प्रशासनले तैनाथ सेक्युरिटी राखेर उनलाई केएमसी प्रवेशमै रोक लगाएको थियो। शिक्षा मन्त्रालय, संसद्को शिक्षा, स्वास्थ्य तथा सञ्चार प्रविधि समिति, काठमाडौं विश्वविद्यालय, नेपाल चिकित्सक संघ, चिकित्सा शिक्षा आयोगको दबाबपछि मात्रै केएमसीले निलम्बन फुकुवा गरेको हो।
 
केएमसीले आयोजना गरेको हेल्थ क्याम्पमा उपस्थित नभएकोलगायत कारण देखाउँदै डा. दाहाललाई एक महिनासम्म निलम्बन गर्ने निर्णय अस्पताल प्रशासनले गरेको थियो। त्यसयता दुई सयभन्दा बढी आवासीय चिकित्सकले आन्दोलन गर्दै आइरहेका थिए।

ad
ad