१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १o:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेसनल लाइफको इम्प्लोई स्किल इनह्यान्समेन्ट वर्कसप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:४४:oo

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘एक्सेल एन्ड इलिभेट’ भन्ने नाराका साथ तीनदिने ‘इम्प्लोई स्किल इनह्यान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले चितवनमा आयोजित कार्यक्रममा जीवन बिमा व्यवसायसँग सम्बन्धित विभिन्न वर्तमान पाटोबारे विवेचना गरी आगामी वर्षका लागि तय भएको व्यावसायिक लक्ष्य र रणनीतिसँग प्रशिक्षित गराउन कार्यक्रम गरिएको हो । 

कार्यक्रममा विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी दुई सयभन्दा बढीको सहभागिता रहेको जनाइएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले बिमा व्यवसाय प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेको अहिलेको स्थितिमा आफ्नो दक्षता, मिहिनेत र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक लक्ष्य हासिल गरी बिमा बजारमा अग्र स्थानमा पुर्‍याउनुपर्ने बताए । यसमा मार्केटिङ कर्मचारीको जत्तिकै भूमिका प्रशासनिक कर्मचारीको पनि हुने भएकाले सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नुपर्ने उनको भनाइ थियो । दक्ष कर्मचारीबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकाले कम्पनीले कर्मचारीको क्षमता अभिवृद्धिका लागि लगानी गर्दै जाने उनले प्रतिबद्धता जनाएका थिए । 

सहभागी कर्मचारीलाई मोटिभेसनल स्पिकर मानसी अग्रवालले मोटिभेसनल तथा स्किल डेभलपमेन्ट सम्बन्धमा प्रशिक्षण दिएको जनाइएको छ । कार्यक्रममा नेपाल बिमा प्राधिकरणका सुदूरपश्चिम प्रदेश प्रमुख हृदयेश्वर पण्डितले बिमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्न सकिनेतर्फ सचेत रहन आग्रह गरेका थिए । कर्मचारीको दक्षता जाँच गर्नका लागि सहभागी कर्मचारीको परीक्षा सञ्चालन गरी प्रथम, द्वितीय र तृतीय हुने कर्मचारी सुरक्षा सिंह, चूडामणि गौतम र खगेन्द्र श्रेष्ठलाई नगद पुरस्कारसमेत प्रदान गरिएको उल्लेख छ । 

ad
ad