१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o८:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपालको फराकिलो जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:२३:oo

आइसिसी यू– १९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता नेपालले अभ्यास खेलमा स्कटल्यान्डमाथि एक सय ३५ रनको सानदार जित निकालेको छ । प्रतियोगितामा सहभागी हुन नेपाली युवा टोली दक्षिण अफ्रिकामा छ । दक्षिण अफ्रिकामा नेपालले पहिलो ब्याटिङ गरी ४९.२ ओभरमा सबै विकेट गुमाएर दुई सय ८४ रनको बलियो योगफल खडा गरेको थियो । प्रत्युत्तरमा स्कटल्यान्ड ४३.२ ओभरमा एक सय ४९ रनमै समेटियो । नेपालका लागि तिलकराज भण्डारीले तीन विकेट लिएका थिए । आकाश चन्दले दुई विकेट लिए । 

तिलकराजले १७ रन तथा आकाशले १८ रन खर्चे । यसअघि ब्याटिङ गरेको नेपालका लागि गुल्सनकुमार झाले शतकीय इनिङ्स खेलेका थिए । उनले एक सय १४ रन बनाए । दीपक बोहराले अविजित ५८ रनको योगदान गरे । गुल्सनले १ सय १५ बल र दीपकले ५४ बलको सामना गरेका थिए । स्कटल्यान्डका उजैर अहमदले २८ रन र खानले २४ रन जोडे । 

विश्वकपको समूह ‘डी’मा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । २१ जनवरीमा नेपालले न्युजिल्यान्डसँग खेल्दै विश्वकप सुरु गर्नेछ । नेपालले २४ जनवरीमा पाकिस्तान र २६ जनवरीमा अफगानिस्तानको सामना गर्नेछ । नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्टइन्डिजसँग वार्मअप खेल्नेछ । 

ad
ad