१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार २३:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

विद्यालय फोरेर कम्प्युटर चोरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार २३:१२:oo

ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बास्थित पार्टीडाँडा माविको आइटी एकेडेमी कक्ष फोडेर भएक दर्जनभन्दा बढी ल्यापटप र कम्प्युटर चोरी भएको छ । 

विद्यालयका शिक्षक शान्ता आङवुहाङका अनुसार सोमबार राति ल्याबबाट १२ वटा ल्यापटप ४ वटा डेस्कटपसहितका उपकरण चोरी भएको हो । शिक्षक आङवुहाङका अनुसार झण्डै साढे ११ लाख बढीको चोरी भएको प्रारम्भिक अनुमान गरिएको छ । 

चोरी भएका अन्य सामानको विवरण समेत संकलन भइरहेकोले चोरीबाट भएको क्षति रकम बढ्न सक्ने उनले जानकारी दिइन् । ह्युमन प्राक्टिस फाउन्डेसनको सहयोगमा सो विद्यालयमा आइटी एकेडेमी कक्ष स्थापना भएको थियो ।

ad
ad