१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मधेश र गण्डकीमा ग्लोबल आइएमईको स्वास्थ्य शिविर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:४४:oo

 ग्लोबल आइएमई बैंक लिमिटेडले मधेश र गण्डकी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गरेको हो । 

बैंकले मधेश प्रदेशअन्तर्गत सिराहाको सुखीपुर नगरपालिकामा रहेको सुखीपुर स्वास्थ्य चौकीमा एक सय ७० र गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको पोखरे आधारभूत विद्यालयमा एक सय ८० भन्दा बढी महिलाको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको बैंकले जनाएको छ ।  

नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोगविज्ञले स्त्रीरोगसम्बन्धी विभिन्न सेवा निःशुल्क रूपमा उपलब्ध गराएको जनाइएको छ । प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरका गम्भीर बिरामी पहिचान गरी कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने बैंकले जनाएको छ ।

हाल बैंकले देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क–वैदेशिक प्रतिनिधि कार्यालयसहित एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

ad
ad