१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २२ आइतबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष २२ आइतबार २३:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

सभापति देउवाको कार्यशैलीप्रति महामन्त्री शर्माको असन्तुष्टि, संसदीय बोर्डमा राखे ६ बुँदे असहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष २२ आइतबार २३:४२:oo

कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस संसदीय बोर्डमा ६ बुँदे मौखिक विमति राखेका छन् । 

उनले उम्मेदवार चयनको समग्र सन्दर्भमा सभापतिको कार्यशैलीसँग आफ्नो प्रष्ट असहमति रहेको जनाएका छन् । सभापतिलाई प्रश्न गर्दै उनले लेखेका छन्, संसदीय बोर्डलाई पूर्णता नदिएर हामी पदाधिकारीले मात्रै निर्णय गर्ने भए विधानमा किन राखेको ?, रास्ट्रिय सभाको विशिष्टता बढाउने कर्तव्य दलहरूकै होइन र ? कांग्रेसले यो हेक्का राख्नुपर्छ कि पर्दैन ?

उनले समावेशीताको सिद्धान्त विधानमा कि व्यवहारमा भन्दै सभापति देउवालाई प्रश्न गरेका छन् ? 

उनले सभापतिसँगै इतर समूहका नेतामाथि पनि प्रश्न उठाएका छन् । ‘नेतृत्वले फरक विचार समूह गाँस्ने कि एक्लै बढ्ने ? फरक विचार समूहले भाग मात्र लिने कि न्यायोचित प्रतिनिधित्व खोज्ने ?’

उनले पार्टीमा वर्षौं योगदान गरेका योग्य साथीहरूलाई बेवास्ता गर्दै उम्मेदवारी चयन प्रक्रिया गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्ने स्पष्ट धारणा राखेका छन् । 

‘रास्ट्रिय सभाकै नेतृत्व गर्ने गरी अपवाद स्वीकार्य, अन्य सोझै र प्रष्ट अस्वीकार्य ?,’ उनले लेखेका छन्, ‘योगदान र योग्यता बोकेका सयौँ साथी हुनुहुन्छ, जिम्मेवारीको अवसर न्यायोचित हुनुपर्छ ।’

ad
ad
ad
ad