१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १७:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

एक हजार ६ सय विद्यार्थीलाई न्यानो कपडा वितरण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:१८:oo

जिल्लाको पश्चिम क्षेत्रमा खत्याड गाउँपालिकाका नौ विद्यालयमा अध्यनरत एक हजार ६ सय विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ।

खत्याडका चार माध्यमिक र पाँच आधारभूत विद्यालयका एक हजार ६ सय नौजना विद्यार्थीलाई १० दिनकाे अवधिमा न्यानो कपडा वितरण गरिएको हो। 

लोकप्रिय मावि गम्था ५३०, जनजागरण मावि सेरीका ३३०, रारा आधारभूत रोल १२१, बाल ज्योति श्रीकोट ५५, सरस्वती मावि रिखिया १६०, महादेव मावि ह्यागुलु २०३, सरस्वती आधारभूत विद्यालय २७, सुमामाई आधारभूत विद्यालय डाडिया ५६ र आधारभूत विद्यालय खर्कका १२७ गरी एक हजार ६ सय नौ विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हामी नेपालका जिल्ला संयोजक अनिल बानियाँले जानकारी दिए।

संयोजक बानियाँका अनुसार सोबरस् नेपालले कुल ४५ लाखमा एक हजार ६ सय ज्याकेट खरिद गरेको हो। यस्तै, हामी नेपालले ६ सय छात्रालाई प्रतिव्यक्ति ६ पिसका दरले स्यानेटरी प्याडसमेत वितरण गरेको छ। 

सोबरस् नेपालका संयोजक रोजी राणाकाअनुसार यो अभियान कुनै राजनीतिक आस्था र कुनै व्यापारिक स्वार्थ नभई स्वतःस्फुर्त सामाजिक सेवाको भावना र चिसोकै कारण कुनै पनि विद्यार्थी पढ्नबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ज्याकेट वितरण गरिएको हो। युवा समाजसेवी बानियाँले प्राकृतिक प्रकोप या मानवीय विपतका वेला पीडित परिवारलाई सहयोग गर्दै आएका छ्न्। 

ad
ad