१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
हेटौँडा उपमहानरपालिकाका उपमेयर राजेश बानियाँ
२o८१ बैशाख २० बिहीबार o८:३२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हेटौँडा उपमहानगरको संशोधित बजेट दुई अर्ब ९० करोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३२:oo

हेटौँडा उपमहानगरपालिकाको चालू आर्थिक वर्षको बजेट संशोधनसहित करिब तीन अर्ब पुगेको छ । गत असारमा नगरसभामा प्रस्तुत बजेटमा २२ करोड दुई लाख ५५ हजार बढाएर संशोधन गरिएपछि बजेटको आकारमा वृद्धि भएको हो ।  

शनिबार १४औँ नगरसभामा उपमहानरपालिकाका उपमेयर राजेश बानियाँले प्रस्तुत गरेको संशोधनसहितको दुई अर्ब ९० करोड ६२ लाख ९० हजार रुपैयाँको बजेट पाससमेत गरेको छ । उपमेयर बानियाँले आन्तरिक राजस्व संकलनमा देखिएको प्रगतिका आधारमा चालू आर्थिक वर्षको संशोधित बजेटमा वृद्धि गरिएको बताए ।

उपमेयर बानियाँका अनुसार चालू आर्थिक वर्षको हालसम्मको अवधिमा आयतर्फ संघीय सरकार समानीकरण तथा ससर्त अनुदानतर्फ ५५ करोड २३ लाख ३५ हजार रुपैयाँ, समपूरक अनुदानतर्फ २३ लाख ७५ हजार रुपैयाँ, विशेष अनुदान ८७ लाख ५० हजार रुपैयाँ, प्रदेश सरकार समानीकरण, ससर्त र समपूरक अनुदान गरी पाँच करोड ६४ लाख ६९ हजार रुपैयाँ प्राप्त भएको छ ।

यस्तै, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटतर्फ ११ करोड ११ लाख ४८ हजार रुपैयाँ, उपमहानगरपालिकाको आन्तरिक स्रोत तथा अन्य आम्दानीसमेत गरी हालसम्म जम्मा ७४ करोड दुई लाख पाँच हजार रुपैयाँ प्राप्त भएको उनले बताए ।

चालू आवको ६ महिनाको राजस्व संकलन लक्ष्यअनुसार भइरहेको जानकारी दिँदै उपमेयर बानियाँले चालू आवका लागि कुल ३० करोड ९४ लाख राजस्व लक्ष्य राखेकोमा १५ पुससम्म १५ करोड ४५ लाख रुपैयाँ रकम संकलन भएको बताए । उनले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालू आर्थिक वर्ष ८ प्रतिशतले राजस्व संकलन वृद्धि भएको उल्लेख गरे ।

उपमेयर बानियँले पूर्वाधार क्षेत्रतर्फ नगरस्तरीय ६२ आयोजना र वडास्तरीय नौ सय ५६ आयोजना गरी जम्मा एक हजार एक सय १८ योजना रहेकोमा नगरस्तरीय १५ वटा आयोजना र वडास्तरीय दुई सय १७ वटा योजना सम्झौता भएको जानकारी दिए । सम्झौता भएका योजनामध्ये ३२ वटा सम्पन्न भएको र अन्य नौ सय ८६ वटा आयोजना कार्यान्वयनको चरणमा रहेको उनको भनाइ छ ।

उनका अनुसार गत आर्थिक वर्षको जिम्मेवारी सरिआएका योजनामध्ये एक सय १० वटा योजना सम्पन्न भइसकेका छन् भने ६१ वटा सम्पन्न हुने क्रममा रहेको उल्लेख छ । यस्तै, पूर्वाधार विकास कार्यक्रमको भौतिक प्रगतितर्फ प्रथम चौमासिकमा कंक्रिट सडक दुई किलोमिटर, कालोपत्रे तीन सय ५५ मिटर, शैक्षिक पूर्वाधारतर्फ एउटा, सांस्कृतिक जगेर्नातर्फ दुईवटा, मन्दिर निर्माणतर्फ पाँचवटा, मदरसा एउटा र यात्रु प्रतीक्षालय एउटा निर्माण भइसकेको उपमेयर बानियाँले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ad
ad