मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o पौष २१ शनिबार
  • Friday, 28 August, 2026
गगन अयडी बाजुरा
२o८o पौष २१ शनिबार १४:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिवेणी नगरपालिकामा भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माण हुँदै

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
नयाँ पत्रिका
२o८o पौष २१ शनिबार १४:४९:oo

असोज १६ गते बझाङको तलकोट केन्द्रविन्दु भएर गएको भूकम्पले बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा ११३ घर पूर्ण क्षति भए। पूर्ण क्षति भएकामध्ये २५ परिवारका लागि जिल्ला रेडक्रस सोसाइटी बाजुराले अस्थायी टहरा निर्माण गर्ने कार्यक्रम सञ्चालन गरिरहेकाे छ।

अन्तर्राष्ट्रिय रेडक्रस महासंघको आर्थिक सहयोगमा बाजुरा जिल्लाभरि १२५ भूकम्पपीडित परिवारका लागि अस्थायी टहरा निर्माण गर्नुका साथै तत्काल लत्ताकपडा र खाद्यान्न  खरिदका लागि रु. १५ हजार सहयोग गरेको जिल्ला रेडक्रसका सभापति मेखराज जैसीले बताए। साेहीअन्तर्गत त्रिवेणी नगरपालिकाका भूकम्पपीडितले अस्थायी टहराहरू धमाधम निर्माण गरिरहेका छन्। एक हप्ताभित्र टहरा निर्माण गरिसक्ने जैसीले बताए।

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका कार्यक्रम जिल्ला संयोजक खेमप्रसाद भट्टराईले बाजुरा जिल्लाभरिमा १२५ भूकम्पपीडितका लागि तत्काल अस्थायी टहरा निर्माण गर्न प्रतिपरिवार ५० हजार, शौचालय निर्माण गर्न १५ हजार  तथा सरसफाइलाई पानी ट्यांकी खरिद गर्न ६ हजार ५ सय नगद सहयोग गरेको बताए। उनका अनुसार भूकम्पपीडितले दुई महिनाभित्र अस्थायी टहरा निर्माण गरिसक्नुपर्नेछ।

त्रिवेणी नगरपालिकाका प्रमुख कर्णबहादुर थापाले नगरपालिकाका ११३ मध्ये जिल्ला रेडक्रस सोसाइटीले २५ घरको अस्थायी टहरा निर्माण गर्ने जिम्मा लिएको र अन्य ८८ परिवारका अस्थायी घर पुननिर्माण प्राधिकरणले बनाइरहेको बताए। एक महिनाभित्र यी अस्थायी टहरा निर्माण सकिने मेयर थापाको भनाइ छ।