१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
कमल खत्री म्याग्दी
२o८१ बैशाख २२ शनिबार १७:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

बेनीमा नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १७:२७:oo

म्याग्दी सदरमुकाम बेनीमा नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा बेनीस्थित खुलामञ्चमा सञ्चालत भएको प्रतियोगितामा पालिकास्तरीय प्रतियोगिताबाट छनाेट भएर आएका खेलाडीले सहभागिता जनाएका छन्। 

प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरे। जिल्लाबाट भलिबल, कराँतेलगायतका विविध खेलमा राष्ट्रिय पहिचान बनाउन सफल खेलाडी उत्पादन भएको स्मरण गर्दै उनले विद्यार्थीले अध्ययन सँगसँगै विद्यालय तहबाटै खेलकुद क्षमता र प्रतिभालाई समेत निखार ल्याउन आवश्यक रहेकोमा जोड दिए। 

प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटर दौड प्रतियोगितामा छात्रतर्फ मालिका गाउँपालिकाका विशाल सुनारले स्वर्ण, रघुगंगा गाउँपालिकाका सुझाव पुर्जाले रजत र बेनी नगरपालिकाका ईश्वर न्यौपानेले कांस्य पदक जितेका छन्। 

त्यसैगरी, छात्रातर्फ रघुगंगाका कञ्चन भण्डारीले स्वर्ण, सोनिया खड्काले रजत र धौलागिरि गाउँपालिकाका अञ्जना विकले कांस्य पदक जितेका छन्। 

प्रतियोगितामा पदक विजेता खेलाडीलाई जिसस प्रमुख थापा, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, रघुगंगा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुन, मंगला गाउँपालिकाकी उपाध्यक्ष प्रेमकुमारी क्षेत्री, प्रहरी नायब उपरीक्षक मदन कुँवरलगायतले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रममा राष्ट्रिय महिला भलिबलकी कप्तान अरुणा शाही र कराँतेमा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी आर्सल गर्बुजालाई सम्मानसमेत गरिएको थियो।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, कराँते र एथलेटिक्समा विद्यातर्फ जिल्लाका ६ स्थानीय तहबाट व्यवस्थापकीय टिमसहित आठ सयजना खेलाडीले सहभागिता जनाएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए।
 
यस प्रतियोगितामा ६६ वटा स्वर्णमा प्रतिस्पर्धा गराइन्छ। आठाैँ राष्ट्रपति कपमा प्रथम, द्वितीय र तृतीय हुने पालिकालाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ। यहाँ स्वर्ण जित्ने खेलाडीलाई नवलपुरमा हुने नवौँ प्रदेशस्तरीय राष्ट्रपति खेलकुद प्रतियोगितामा सहभागी गराइनेछ।

ad
ad