मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o पौष १९ बिहीबार
  • Friday, 11 July, 2025
२o८o पौष १९ बिहीबार १८:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धनगढीका मेयर हमाल र प्रशासकीय अधिकृत श्रेष्ठविरुद्धको रिट खारेज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १९ बिहीबार १८:२२:oo

नगर विकास समितिको नाममा रहेको जग्गाको विषयमा धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल र प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठविरुद्ध उच्च अदालत दिपायलमा परेको रिट खारेज भएको छ।

मुख्य न्यायाधीश शान्तिसिंह थापा र न्यायाधीश डालकुमार खड्काको संयुक्त इजलासले नगर प्रमुख हमाल र प्रशासकीय अधिकृत श्रेष्ठविरुद्धको रिट खारेज गरेको उपमहानगरपलिकाले जनाएको छ।

धनगढी–१, पुरानो हवाई मैदानमा रहेको धनगढी नगर विकास समितिको नाममा दर्ता स्रेस्ता भएको जग्गामा अनाधिकृत बसोबास गरिरहेका बिस्नापती थरूनीसहित नौजनाले उच्च अदालत दिपायलमा उत्पेषण परमादेशको रिट दायर गरेका थिए।

उनीहरूले धनगढी नगर विकास समितिका अध्यक्षसमेत रहेका नगर प्रमुख हमाल र समितिका सदस्य सचिवसमेत रहेका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठविरुद्ध उत्प्रेषण परमादेशको रिट दायर गरेका थिए।