१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

केपी ओली कप फागुनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:५४:oo

केपी ओली कप फुटबल प्रतियोगिता ११ देखि २० फागुनसम्ममा‌ आयोजना हुने भएको छ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको दोस्रो संस्करणको तयारी गरेको छ । पहिलो संस्करणको फाइनलमा मच्छिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजक राष्ट्रिय युवा संघलाई मिति उपलब्ध गराएको युवा संघका प्रवक्ता निरोज पौडेलले बताएका छन् ।

एन्फाले प्रतियोगितामा सहभागी हुने टोली तथा क्लब एन्फा तथा जिल्ला फुटबल संघमा आधिकारिक रूपमा आबद्ध भएको हुनुपर्ने सर्त राखेको छ । दोस्रो संस्करणको केपी ओली कपको फाइनलबाहेक सबै खेल च्यासलस्थित मैदानमा हुनेछ । फाइनल खेल दशरथ रंगशालमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि खुला आह्वान गरिने र त्यसपछि सहभागी टिमको छनोट गरिने पनि आयोजकले जनाएको छ ।

नेपालका ‘ए’ डिभिजन र विदेशी टोलीलाई प्रतियोगितामा सहभागी गराउने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ११ लाख र दोस्रो टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । यसैगरी, उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पाउनेछन् । उत्कृष्ट गोलरक्षकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

ad
ad