१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

हुम्लाको दुर्गम गाउँमा फोरजी सेवा सञ्चालन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:५४:oo

वर्षौँदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका ताँजाकोट गाउँपालिका दुर्गम गाउँमा फोरजी सेवा सञ्चालनमा आएको छ।

मंगलबारदेखि ताँजाकोट गाउँपालिकालगायतका बाजुरा र मुगुआसपासका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएसँगै स्थानीय उत्साहित भएका छन्। 

गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्य सम्पादनमा समेत सहज भएको ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीले बताए। 

‘इन्टरनेट सेवा नहुँदा गाउँपालिकाका नागरिकलाई निकै समस्या बनाएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्रीज्यूसँगको निरन्तरको समन्वयपश्चात् फास्टट्रयाकमा यो काम सम्पन्न गर्न लागेका हौँ,’ अध्यक्ष जैशीले थपे, ‘फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन, सूचना आदान–प्रदानको कामसमेत सहज हुने भएको छ।’

गाउँपालिकाभित्र रहेका नागरिकलाई सूचना थाहा पाउनका लागि मात्रै नभई देश तथा विदेशका समसामयिक घटनाबारे ताँजाकोटवासी अब इन्टरनेटका माध्यमबाट घरमै बसेर थाहा पाउनेछन्। 

ताँजाकोटका पाँचवटै वडा कार्यालयमा फोरजीसहितको इन्टरनेट सेवा सञ्चालन गर्ने तयारी रहेको पनि रहेको ताँजाकोट गाउँपालिकाले जनाएको छ। ताँजाकोट– १ जिमानाको लेकमा राखिएको फोरजी टावरले छिमेकी अदानचुली गाउँपालिकाका केही क्षेत्र, छिमेकी जिल्ला मुगु र बाजुरामा समेत काम गर्ने माओवादी केन्द्र ताँजाकोटका इन्चार्ज गोपाल बुढाले जानकारी दिए। 

इन्टरनेटको समस्याले नेटबाट हुने कार्यालयका काम, बजेटको भुक्तानी, बैंकको काममा निकै सुस्तता आएर हैरानी खेपिरहेका वेला सञ्चालनमा आएको फोरजी सेवाले ताँजाकोट र आसपासका क्षेत्रका कामहरू छिटोछरितो हुनुका साथै गाउँबाटै विभिन्न क्षेत्रका तालिम, गोष्ठी, अनलाइन फर्म भर्न र अनलाइनबाट काम सञ्चालन गर्न सजिलो हुने पालिका अध्यक्ष जैसीले बताए। 

ताँजाकोटसहित अदानचुली, चंखेलीलगायतका क्षेत्रमा सुरु गरिएका फोरजी टावरहरूको काम छिटो–छरितो गर्न आफूले ताकेता गरेको भए पनि सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधिले चासो नदेखाउँदासम्म नहुने उल्लेख गरेको अध्यक्ष जैशीका अनुसार मन्त्रालयको प्रत्यक्ष निर्देशन र पालिकाको निरन्तरको फलोअपले मात्रै यो काम सम्भव भएको बताए। 

यसअघि ताँजाकोट क्षेत्रमा घाम लागेपछि मात्रै टेलिफोनले काम गर्ने समस्याबाट छुटकारा मिलेको छ। ताँजाकोट गाउँपालिका अध्यक्ष जैसी निर्वाचित भएलगत्तै एक वर्षपछि उनको पहलमा ताँजाकोटका गाउँगाउँमा फोरजी सेवा विस्तार भएको ताँजाकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र स्याङकुले बताए। 

टावरमा सोलार पावर जडान गरेकाले विगतको जस्तो घाम नलागेसम्म टेलिफोन इन्टरनेट नआउने समस्या अन्त्य भएको हो। 

ad
ad