१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १७ मंगलबार
  • Friday, 27 September, 2024
२o८o पौष १७ मंगलबार १४:४७:oo
Read Time : < 1 मिनेट
विश्व

अफगानिस्तानको निर्यात दुई प्रतिशतले वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १७ मंगलबार १४:४७:oo

सन् २०२३ मा युद्धग्रस्त अफगानिस्तानको निर्यात करिब दुई अर्ब अमेरिकी डलर पुगेको छ।

उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले दिएको जनाकारीअनुसार गत वर्ष सन् २०२३ मा अफगानिस्तानको निर्यातको मात्रा १.९ अर्ब अमेरिकी डलर पुगेको छ।  

यसैगरी, सन् २०२२ मा निर्यातको मात्राको तुलनामा ४१ मिलियन अमेरिकी डलर (२ प्रतिशतले) वृद्धि भएको  निजी टेलिभिजन च्यानल टोलोन्युजले जावादलाई उद्धृत गर्दै मंगलबार उल्लेख गरेको छ।

अधिकांश सामान पाकिस्तान, भारत, चीन, संयुक्त अरब इमिरेट्स, कजाकिस्तान र उज्वेकिस्तानमा निर्यात भएको अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएको छ।

यसअघि अफगानिस्तानको कामचलाउ सरकारका उद्योग तथा वाणिज्यमन्त्री नुरुद्दिन अजिजीले अफगानिस्तानले आफ्ना उत्पादन छिमेकी राष्ट्रलगायत ६० भन्दा बढी देशमा निर्यात गर्ने बताएका थिए।

अफगानिस्तानका प्रमुख निर्यात हुने वस्तुहरूमा कोइला, केसर, ताजा र सुक्खा फलफूल, हातले बुनेको गलैँचा, बहुमूल्य पत्थर धातुहरू रहेका छन्।