१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १७ मंगलबार
  • Friday, 20 September, 2024
२o८o पौष १७ मंगलबार o८:४६:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टेस्ट र एकदिवसीयबाट सन्न्यास लिए वार्नरले

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १७ मंगलबार o८:४६:oo

 अस्ट्रेलियाका बायाँहाते ब्याट्सम्यान डेभिड वार्नरले एकदिवसीय र टेस्ट करिअरबाट सन्न्यास घोषणा गरेका छन् । सिड्नीमा ३ जनवरीदेखि पाकिस्तानविरुद्ध सुरु हुने टेस्ट सिरिज नै उनको अन्तिम हुनेछ । अस्ट्रेलियन क्रिकेट बोर्डले आधिकारिक रूपमै आफ्नो वेबसाइडमा वार्नरले सन्न्यास घोषणा गरेको उल्लेख गरेको छ । पाकिस्तानविरुद्धको टेस्ट सिरिज अगाडि सोमबार भएको पत्रकार सम्मेलनमा वार्नरले टेस्ट र एकदिवसीय खेलबाट बिदा हुन चाहेको बताएका छन् । उनले गत महिना भारतमा भएको ५० ओभरको एकदिवसीय विश्वकप क्रिकेट प्रतियोतिगा उपाधि जित्नु नै अहिलेसम्मकै ठूलो उपलब्धिका रूपमा लिएका छन् । 

‘आज म आफनो मुख्य विधाबाट सन्न्यासको घोषणा गर्दै छु, जहाँ मैले सबैबाट माया पाएँ,’ निराश हुँदै वार्नरले भने, ‘मलाई थाहा छ च्याम्पियन्स ट्रफी आउँदै छ, त्यसअगाडि नै बिदा हुन चाहन्छु ।’ उनले अस्ट्रेलियन टोलीलाई आवश्यक परेको वेलामा फर्कन सक्ने जनाए । ‘यदि अस्ट्रेलियाले मेरो आवश्यक सम्झेको वेलामा जुनसुकै समयमा म उपलब्ध हुनेछु,’ उनले भने, ‘दुई वर्षको अवधिमा राम्रो क्रिकेट खेलिरहेको हुनेछु ।’ 

टी–२० मा नजर
वार्नरले ५० ओभर र टेस्ट खेलबाट सन्न्यास लिए पनि टी–२० खेलमा सक्रिय हुने जनाएका छन् । यसै वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आइसिसी टी– २० विश्वकप क्रिकेट प्रतियोतिगा आयोजना गर्दै छन् । वार्नरले टी– २० विश्वकपमा अस्ट्रेलियालाई उपाधि दिलाउने लक्ष्य भएको स्पष्ट पारेका छन् । ‘अहिले मेरो ध्यान टी– २० फम्र्याटमा रहेको छ, त्यसैमा थप उत्कृष्ट प्रदर्शन गरी अस्ट्रेलियालाई उपाधि दिलाउने चाहना छ,’ उनले भने ।

पाकिस्तानसँगको टेस्ट सिरिजलगत्तै उनी अस्ट्रेलियामै आयोजना हुने बिग वासमा सिड्नी थन्डरबाट प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि दुबईमा हुने आइएल टी– २० मा उनी सहभागी हुनेछन् । यी दुवै प्रतियोगिताका लागि उनले अस्ट्रेलियन क्रिकेट बोर्डसँग एनओसी पत्र माग गरेका छन् । 

गत महिना भारतमा भएको एकदिवसीय विश्वकपमा अस्ट्रेलियाका लागि वार्नरले व्यक्तिगत रूपमा सर्वाधिक रन बटुलेका थिए । उनले ११ खेलमा ४८.६३ को औसतमा पाँच सय ३५ रन बटुलेका थिए । यसक्रममा उनले समान दुई शतक तथा अर्धशतकीय योगदान दिए । 

२०११ मा टेस्ट करिअर सुरु
अस्ट्रेलियन क्रिकेट इतिहासमा वार्नरलाई सबै विधामा विस्फोटक रूपमा ब्याटिङ गर्न सक्ने खेलाडीका रूपमा चिनिन्छ । उनले सन् २०११ मा ब्रिस्बनमा न्युजिल्यान्डविरुद्ध टेस्ट करिअर सुरुवात गरेका थिए । अहिलेसम्म एक सय ११ टेस्टमा आठ हजार ६ सय ९५ रन बटुलेका छन् । यसक्रममा उनले २६ शतक तथा ३६ अर्धशतकीय योगदान दिए । वार्नरले सन् २००९ मा एकदिवसीय डेब्यु गरे । उनको पहिलो खेल नै भारतविरुद्ध थियो ।