१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १२:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले सांसदले मागे गृहमन्त्रीको राजीनामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:२२:oo

बालकुमारी घटनालाई लिएर एमाले सांसदले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन्। सोमबार बिहान बसेको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै सांसद राजेन्द्र राईले गृहमन्त्रीको राजीनामा मागेका हुन्। 

‘मन्त्रीजी राजीनामा दिनुस् । विदेश गएर कमाइ खाउँभन्दा पनि ताकी–ताकी गोली हान्ने, गृहमन्त्री राजीनामा दिनुस्। ठाउँको ठाउँ गोली हान्न पाइन्छ?’ उनले भने, ‘तपाईंले मुलुक चलाउन सक्नुभएन गृहमन्त्रीज्यू। देशभर तनाव छ, सुशासन दिन सक्नुभयो त ? यसरी मान्छे मार्न माइँदैन। राजीनामा दिनुस्। तपाईंजत्तिको शालीन मान्छेले शान्ति सुरक्षा दिन नसक्ने ?’  

उनले नैतिकताका आधारमा राजीनामा दिएर छानबिन दिएर सघाउन आग्रह गरे। उनले भने, ‘यो समस्या हल गर्न सक्नुभएन भने के भन्छन् मान्छेहरूले। यतिवेला राजीनामा दिनुभयो भने नैतिकता हुन्छ, राजीनामा दिएर छानबिनलाई सघाउनुस्। तलतलको मान्छेलाई कारबाही गर्ने मिल्दैन। पहिले माथिकोलाई गर्नुस्। गृहसचिव, आइजिपीलाई गर्नुस्। आज पत्रकार सम्मेलन गरेर राजीनामा दिनुस्।’


 

ad
ad