१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १५:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सामान्य अंकले घट्याे नेप्से, चार अर्ब २९ करोडकाे काराेबार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:४o:oo

साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार घटेको छ। आज सेयर बजार परिसूचक नेप्से १.९३ अंकले घटेर २०६८.९० विन्दुमा झरेको छ।

आज होटेल, लगानी, उत्पादन, म्यचुअल फन्ड, निर्जीवन बिमा र अन्य समूहको सेयर सामान्य अंकले बढे पनि बाँकी समूहको सेयर ओरालो लागेको छ। 

यस दिन बजारसँगै कारोबार रकममा पनि कमी आएको छ। एक करोड ६८ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब २९ करोड नौ लाख रुपैयाँमा कारोबार भएका छन्। सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको १४ करोड ३८ लाख रुपैयाँको सेयर किनबेच भयो।

आज सबैभन्दा धेरै बिपिडब्लू लघुवित्त र धौलागिरि लघुवित्तको सेयर १० प्रतिशतले घटेको छ। समग्रमा बजार घटे पनि आज भिजन लुम्बिनी ऊर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, मनकामना इन्जिनियरिङ कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

ad
ad