१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १२:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

कोशीसँग सुदूरपश्चिम आठ विकेटले पराजित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:५७:oo

प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ। 

सुदूरपश्चिमले दिएको एक सय १९ रनको लक्ष्यलाई कोशी प्रदेशले १७.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍याे। कोशीको जितमा काजल श्रेष्ठ र कप्तान रुविना क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरे। 

काजलले ४८ बलमा आठ चौकाको मद्दतमा ५४ रन बनाइन् भने रुविनाले ५५ बल खेल्दै आठ चौकाको मद्दतमा ५१ रनको योगदान गरिन्। विमला मलाहले चार रन जोडिन्। सुदूरपश्चिमकी अनु कठायतले दुई विकेट लिइन्। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय १८ रनको योगफल बनाएको थियो। सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ३३ रन बनाइन्। 

त्यसैगरी, सम्झना खड्काले २७ रन जोडिन् भने कविता जोशीले २६ रन बनाइन्। रेवती धामीले २० तथा रुवी पोडारले दुई रन बनाइन्। बलिङतर्फ कोशी प्रदेशकी सवनम राई र अप्सरी बेगमले समान एक–एक विकेट लिएका थिए। 

ad
ad