१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १o:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

एक साताभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:३७:oo

एमालेले एक साताभित्र राष्ट्रिय सभाका उम्मेदवारको नाम सिफारिस पठाउन प्रदेश कमिटीहरूलाई निर्देशन दिएको छ । केन्द्रीय कार्यालयले बुधबार खाली भएको समूहमा प्रत्येक क्लस्टरबाट एकजना महिलासहित तीनजनाको नाम सिफारिस गरी पठाउन प्रदेश कमिटीहरूलाई निर्देशन दिएको हो । 

डा. भीष्म अधिकारी, केन्द्रीय कार्यालयका सचिव
जुन क्लस्टरमा रिक्त छ, त्यो क्लस्टरमा तीनजनाको नाम सिफारिसका लागि सर्कुलरमार्फत बुधबार निर्देशन गरिएको छ

‘जुन क्लस्टरमा रिक्त छ, त्यो क्लस्टरमा तीनजनाको नाम सिफारिसका लागि सर्कुलरमार्फत बुधबार निर्देशन गरिएको छ,’ केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले भने । ११ माघमा १९ सिटमा निर्वाचन हुँदै छ । राष्ट्रिय सभामा एमालेका १७ सांसदमध्ये नौ सांसदको पद रिक्त हुँदै छ । राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमलाई समेत गणना गर्ने हो भने सिट संख्या १८ छ । तर, उनी अहिलेसम्म प्रस्टसँग कतै खुलेका छैनन् । यो चुनावसँगै नौ सांसदको एकैपटक पद समाप्त हुँदा एमाले आठ सांसदमा मात्र सीमित हुनेछ ।

गठबन्धन भत्काउन असफल भए एमालेले ती सिट संख्या यो चुनावबाट गुमाउने सम्भावना प्रबल छ । एमालेबाट राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र मनोनीत सांसद विमला पौड्याल राईसहित भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, नरपति लुवार, रामचन्द्र राईको पदावधि सकिँदै छ । एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि सम्भावित गठबन्धनको ढोका खुला राखेको छ ।

राप्रपा, जसपालगायत दलसँग तालमेलका लागि प्राथमिकता राखेर एमालेले आन्तरिक छलफल थाल्ने तयारी गरिरहेको छ । केन्द्रीय कार्यालय सचिव अधिकारीले आफ्नो दल तालमेलका लागि खुला रहे पनि अहिलेसम्म औपचारिक छलफल भने कुनै दलसँग पनि नभएको बताए ।

ad
ad