१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १९:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

जापानको ‘जोजिरुसी’ का उत्पादन नेपालमा, लबिम मलमा साेरुम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १९:४o:oo

एक सय वर्ष पुरानो जापानी कम्पनी ‘जोजिरुसी’ का उत्पादनहरू नेपाली बजारमा बिक्री सुरु भएका छन्। आफ्नो ट्रेड कन्सर्न प्रालिले ‘जोजिरुसी’ का उत्पादनहरू नेपालमा भित्र्याएर बिक्री सुरु गरेको हो। 

सन् १९१८ मा स्थापना भएको जोजिरुसीले सुरुमा व्याकुम इन्सुलेसन बोटलहरूको निर्माण गरेर आफ्नो यात्रा सुरु गरेको थियो। आफ्ना उत्पादनहरूमा विविधता थप्दै जोजिरुसीले राइस कुकर, ब्रेडमेकिङ मेसिन र आधुनिक समाजका लागि चाहिने अन्य किचन अप्लाइन्सेसहरूको उत्पादन गर्दै आएको छ।

जोजिरुसीका उत्पादनहरू बिक्री गर्न आफ्नो ट्रेड कन्सर्नले सोमबारबाट ललितपुरको पुल्चोकमा रहेको लबिम मलको एल–६ मा  स्टोर सञ्चालनमा ल्याएको छ। 

उक्त स्टोरमा उपभोक्ताहरूले आफैँले समान निरीक्षण गर्न र समानहरू प्रयोगको बारेमा स्टोरमा कार्यरत कर्मचारीबाट आवश्यक जानकारी लिन सक्ने आफ्नो ट्रेड कन्सर्नले जानकारी दिएको छ।

जोजिरुसीका मुख्य उत्पादनहरूमा राइसकुकर, ब्रेडमेकिङ्ग मेसिन, पानीखाने बोतल, भ्याकुम इन्सल्टेड मग र बोतल, जारलगायत छन्। सय वर्षभन्दा लामो इतिहास बोकेको कम्पनीबाट उत्पादित प्रडक्टहरू गुणस्तरीय, स्वास्थ्यमैत्री र टिकाउ रहेको आफ्नो ट्रेड कन्सर्नले जनाएको छ।

यसका उत्पादनहरू जापान, अमेरिका, सिंगापुर, युरोपलगायत विश्वका प्रमुख बजारहरूमा समेत उपलब्ध छन्। आफ्नो ट्रेड कन्सर्नले हाल विभिन्न प्रकारका राइसकुकर, ब्रेडमेकिङ मेसिनलगायतका सामग्री आयात गरी नेपाली उपभोक्तालाई उच्च गुणस्तरका वस्तुहरूको बिक्री-वितरण सुरु गरेको जानकारी दिएको छ।

ad
ad